तेल उत्पादन गर्ने साउदी कम्पनी अरामकोले तोड्यो सबै रेकर्ड

काठमाडौं : विश्वकै बढी तेल उत्पादन गर्ने कम्पनी साउदी अरामको नाफा विश्वको अन्य कुनै पनि कम्पनीको भन्दा बढी भएको छ । रेटिङ एजेन्सी मुडिजको अनुसार साउदी अरामकोले गत वर्ष १ सय ११ अर्ब डलर मुनाफा गरेको थियो । यो एप्पलको ५९.५३ अर्ब डलरको नाफाभन्दा ४६ प्रतिशत बढी हो ।

साउदी अरामकाको नाफा जे पी मोर्गान चेज, अल्फाबेट, फेसबुक तथा एक्सन मोबिलको संयुक्तभन्दा पनि बढी भएको छ । २०१८ मा यी सबै कम्पनीको कुल मुनाफा जोड्ने हो भने १ सय ६ अर्ब डलर पुगेको थियो । जे पी मोर्गान अमेरिकाका प्रमुख बैंकमध्येको एक हो । एक्सन मोबिल अमेरिकाको सर्वाधिक ठुलो तेल कम्पनी हो । यो कम्पनीले गत वर्ष २०.८ अर्ब डलरको मुनाफा आर्जन गरेको थियो ।

साउदी अरबको सरकारी तेल कम्पनी साउदी अरामकोले पहिलो पटक आफ्नो वित्तिया नजिता घोषणा गरेको छ । २०१८ मा अरामकोको आम्दानी ३५५.९ अर्ब डलर रहेको थियो ।

Advertisement

२०१८ को डिसेम्बरको अन्त्यसम्ममा कम्पनीसँग ४८.८ अर्ब डलरको नगद संचिती रहेको थियो । यो २७ अर्ब डलरको ऋणको तुलनामा धेरैले बढी हो । २०१७ को तुलनामा २०१८ मा तेलको औसत मूल्यमा ३१ प्रतिशतको वृद्धि भएपछि यसले अरामकोको नाफामा पनि वृद्धि भएको हो । ,यो समाचार कारोबारमा प्रकाशित रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top