चट्याङले लागेर २ जनाको मृत्यु

२० चैत ७५, बुधबार
Share this
708shares

संखुवासभा, चैत २०
संखुवासभाको पाँपखन नगरपालिका–९ सुनार गाउँमा चट्याङले लागेर २ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो अन्दाजी करिब ३ बजेको समयमा असिना पानिसंगै परेको चट्याङले लागेर स्थानीय ४० बर्षीया सिता बि. र ५० बर्षीया सुकुमाया लिम्बु गम्भीर घाईते भएका थिए ।

Advertisement

घाईते दुवैजनालाई उपचारको लागि स्थानीय जलजला स्वास्थ्य चौकी लगिएकोमा उपचार हुन नसकेपछि थप उपचारको लागि वाना स्वास्थ्य चौकी लगिएको थियो । उनीहरुको सो अस्पतालमा उपचारकै क्रममा साँझ साढे ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top