विराटनगर–१ चैत्र २० ,
कुशल टोलमा निर्माणाधिन पाथिभरादेवी माता सामुदायिक भवनको निर्माणलाई पूर्णता दिन देवी भागवत महापुराण ज्ञान महायज्ञ आयोजना हुने भएको छ । यही चैत २२ गतेदेखि बैशाख १ गतेसम्म आयोजना हुने महायज्ञको प्रचारप्रसार गर्न बुधबार मोटरसाइकल ¥याली निकालिएको छ । निर्माणाधीन सामूदायिक भवन परिसरबाट निकालिएको मोटरसाइकल ¥यालीले मेनरोड हुदै नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।
महापुराणमा साध्वी राधिका दासी र आचार्य शिव ढुंगेलले कथा वाचन गर्नेछन । महापुराण अन्र्तगत देवी भागवत पाठ–पारायण,पूजा तथा आरती,ओमकार बत्ती प्रज्वलन,सन्देश मुलक झाँकी,पूर्णाहुती र प्रसाद वितरण लगायतका कार्यक्रम गरिने मुल समारोह समितिले जनाएको छ । पाथिभरादेवि माता.को नाउमा रहेको ३ कट्ठा जग्गामा २ तले सुविधा सम्पन्न सामूदायिक भवन निर्माण हुन लागेको हो । सामुदायिक भवनको पहिलो तल्ला निर्माण कार्य भने सम्पन्न भइसकेको छ ।