निर्माणका लागि बन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल : एक सय ७० यात्रुलाई ८ घण्टा विमानभित्रै राखियो

Share this
749shares

काठमाडौं : सय ७४ यात्रु बोकेर मंगलबार राति दुबई उड्नुपर्ने नेपाल वायुसेवा निगमको विमान व्यवस्थापकीय लापरबाहीका कारण ११ घण्टा पछि बुधबार विहान मात्रै उड्यो। जहाज बेलैमा नउडाउँदा १ सय ५० भन्दा बढी यात्रु ८ घण्टासम्म पार्किङवेमा राखिएको विमानभित्रै बस्न बाध्य भए।,यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Advertisement

जहाज नउड्ने भएपछि यात्रुलाई निकाल्न निगमका कर्मचारीलाई हम्मेहम्मे परेको थियो। विमानस्थल प्रहरीका अनुसार यात्रुले निगमविरुद्ध नारावाजी गरेका थिए।

केहीले जहाजमा राखेको मिल (खाना) आफैँ निकालेर खाए। उडानमा अधिकांश नेपाली कामदार थिए। निगम श्रोतका अनुसार विमानको उडान समय सवा ९ बजे थियो। तर उडेन। एयर ट्राफिक कन्ट्रोलर (एटिसी)ले नियमले नमिल्ने भएकाले राती १० बजेपछि अनुमति दिएन।

Advertisement

चैत १८ देखि विमानस्थल सुधारको निर्माण कार्य सुरु भइसकेकाले राती १० बजेदेखि बिहान ८ बजेसम्म विमान उडानमा रोक लगाइएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top