विराटनगर : सर्वोच्च अदालतको फैसला कार्यान्वयनबारे विवाद बढिरहेको बेला उच्च अदालत विराटनगरले रत्ना होटलको विद्युत आपुर्ती बन्द नगर्न अन्तरिम आदेश जारी गरेको छ । अदालतले फैसला कार्यान्वयनमा गरेको भन्दै श्रम कार्यालय विराटनगरले रत्ना होटलको बैंक खाता रोक्का गरी विद्युत आपुर्ती कटौती गर्न विद्युत प्राधिकरणलाई दुई पटक पत्र लेखेको थियो ।
श्रम कार्यालयले विद्युत आपुर्ती बन्द गर्न पत्र लेखेपछि रत्ना होटलका सन्चालक रेवतबहादुर थापाले उच्च अदालत विराटनगरमा उत्प्रेषणयुक्त प्रतिषेधको आदेश माग गर्दै रिट दायर गरेका थिए ।
सो मुद्दामा उच्च अदालतका कायम मुकायम मुख्य न्यायाधिश शिवराज अधिकारीको एकल इजलासले तत्काल विद्युत आपुर्ती बन्द नगर्न अन्तिरिम आदेश जारी गरेको हो । उच्च अदालतले विद्युत आपुर्ती बन्द गर्नुको लिखित जवाफ पेस गर्न पनि आदेश दिएको छ । अदालतले बैंक खाता रोक्काको निर्णयलाई अन्तिरिम आदेश जारी गर्न नमिल्ने बताएको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।