मोरङमा बंशजको नागरिकता लिनेको भीँड थामि नसक्नु

मोरङमा बंशजको नागरिकता लिनेको भीँड थामि नसक्नु

विराटनगर, चैत २२
सरकारले अंगीकृतका सन्तानलाई बंशजको नागरिकता वितरण सुरु गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता लिन आउनेको भीड बढेको छ । बुधबारबाट नागरिकता वितरण सुरु गरेको जिल्ला प्रशासन कार्यालय मोरङले बिहीबार मात्रै १ सय ३८ जनालाई वंशजको नागरिकता वितरण गरेको छ ।

गृहमन्त्रालयले परिपत्र गरेलगत्तै पहिलो पटक मोरङबाट बुधबार इशा चौधरी अग्रवालले वंशजको नागरिकता प्राप्त गरेकी थिइन् ।यस्तै बिहीबार प्रक्रियामा गएका ६० जनाभन्दा बढीले शुक्रबार नागरिकता पाएका छन् ।

नागरिकता लिनेको भीड बढेसँगै जिल्ला प्रशासन कार्यालयले सामान्य दिनमा नागरिकता सिफारिसका लागि एक जना प्रशासकिय अधिकृत खटाइएको भएपनि अहिले दुई जनालाई सिफारिसमा र सात जना सहयोगी नागरिकता फाँटमा खटाइएको सहायक प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद पाण्डेले बताए ।

लामोसमयदेखि नागरिकता वितरण रोकिदा युवाहरुलाई उच्च शिक्षा तथा सामान्य रोजगारी गर्न समेत समस्या हुँदै आएको थियो । नागरिकता ऐन संसदमा विचाराधीन अवस्थामा रहेकै बेला गृहले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै अंगीकृतका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन परिपत्र गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.