महिनाबारीको समयमा बलात्कार हुदैन भन्ने प्रहरीको अभिब्यक्तिपछि नेपाल प्रहरीको स्पष्टिकरण माग

काठमाडौँ, चैत २२
गएको असोज १४ गते शंकास्पद अवस्थामा मृत फेलापरेकी बर्दियाकी १४ बर्षीया बालिकाको विषयमा अनुसन्धानका खटिएका प्रहरीले दिएको बयानप्रति प्रजनन् स्याहार केन्द्र ललितपुरले आपत्ति जनाएको छ ।

असोज १२ गते बेपत्ता भएकी १४ बर्षीया प्रमिला थारुको १४ गते रुखमा झुन्डिएको अवस्थामा शव भेटिएको थियो ।घटना रहस्यमय रहेको भन्दै परिवारले बालिकाको बलात्कार पछि हत्या भएको भन्दै तत्काल प्रहरीमा उजुरी दिएका थिए । तर घटनापछि छानविन सुरु गरेको प्रहरीले अनुशन्धानलाई प्रभावकारी नबनाएको परिवारजनले बताउदै आएका छन ।

घटनाको ६ महिना बितिसक्न लाग्दापनि दोषीपत्ता लाग्न नसकिरहेको अवस्थामा गएको अप्रिल १ मा the wire र the record  अनलाइनमा छापिएको समाचारमा प्रहरीको भनाईलाई लिएर प्रजनन् स्याहार केन्द्र ललितपुरले आपत्ति जनाउदै प्रहरीको आधिकारिक धारण माग गरेको छ ।

Advertisement

the record  अनलाइनमा छापिएको समाचार

Advertisement

घटनाको अनुशन्धानमा खटिएका अनुशन्धान अधिकृत बद्री ढकालले थारु मृत्युको समय महिनाबारी भएको र महिनाबारीको समयमा बलात्कार हुन नसक्ने भनी दिएको अभिब्यक्तिको प्रजनन् स्याहार केन्द्रले आपत्ति जनाएको छ ।केन्द्रले नेपाल प्रहरीको प्रतिनिधित्व गर्ने ब्यक्तिको लापरवाहीपूर्ण तथ्यहीन बयानले प्रजनन् स्वास्थ्य र लैङिक हिंसामा काम गर्ने संस्थाहरुलाई निराश बनाएको उल्लेख गरेको छ ।

केन्द्रले उक्त अनलाइनमा आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाउदै जारी गरेको विज्ञप्तिमा महिलाहरुको महिनाबारीको समयमा बलात्कार हुदैनन् भनि किटान गरेकोे भनाई यदि सत्य हो भने नेपाल प्रहरीलाई सो भनाई प्रमाणित गर्न आग्रह गर्दछौँ्र भनिएको छ । विज्ञप्तिमा नेपाल प्रहरीसमक्ष स्पष्टिकरणको समेत माग गरिएको छ । नेपाल प्रजनन् स्याहार केन्द्र विगत ३१ बर्षदेखि प्रजनन् स्वास्थ्य तथा अधिकारका क्षेत्रमा काम गरिरहेको गैरसरकारी संस्था हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top