‘ए मेरो हजुर ३’ को ‘चिट डे’ बोलको गीत रिलिज(भिडियो)

‘ए मेरो हजुर ३’ को ‘चिट डे’ बोलको गीत रिलिज(भिडियो)

काठमाडौँ, चैत २२
अभिनेता अनमोल केसी स्टारर चलचित्र ‘ए मेरो हजुर ३’ को ‘चिट डे’ बोलको गीत रिलिज भएको छ । गीत शुक्रबात युट्युबाबाट रिलिज गरिएको हो ।

प्रबिसा अधिकारीको स्वर रहेको गीतलाई प्रतिक पौडेलाले संगीत दिएका छन भने राहुल साहको कोरियोग्राफी रहेको छ । गीतमा सुहानालाई चुलबुले प्रेमीकाको रुपमा देखाइएको छ । ‘ए मेरो हजुर ३’ मा डेब्यु नायिका सुहाना थापा र अनमोल केसीको अभिनया रहेको छ ।

चैत्र २९ गतेबाट प्रदर्शनमा आउन लागेको ‘ए मेरो हजुर ३’को दुई गीत र ट्रेलर रिलिज भइसकेको छ । ट्रेलर रिलिज पश्चात् अनमोल र सुहानाको जोडीलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । चलचित्रलाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् ।

चलचित्रमा अनमोल, सुहानाको अलावा सलोन बस्नेत, अर्पण थापा, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, रेअर राई, सरोज खनाल लगायत कलाकारको अभिनय रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.