विश्वकप छनोट खेल्न यू१९ टोली मलेसिया प्रस्थान

२३ चैत ७५, आइतबार

काठमाडौं, चैत २३
मलेसियामा अर्को साताबाट सुरु हुने आईसीसी यू–१९ विश्वकप एसिया छनोटको लागि नेपाली यू–१९ क्रिकेट टोली त्यसतर्फ प्रस्थान गरेको छ ।रोहित कुमार पौडेलको कपतानीमा रहेको नेपाली टोली शनिबार दिउँसो १ : २५ मा मलेसिया प्रस्थान गरेको हो ।

नेपाली टोलीलाई काठमाडौंमा एक कार्यक्रम गर्दै राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिब केशव कुमार विष्ट र नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक जगत टमटाले राष्ट्रिय झण्डा प्रशिक्षक विनोद दास र कप्तान पौडेललाई हस्तान्तरण गर्दै विदाई गरे ।

विदाई टोलीमा १४ खेलाडी र ३ अफिसियलसहित कुल १७ जना रहेका छन् । सबै खेलाडीलाई खादा र माला लगाएर विष्टले विश्वकप छनोटको लागि विदाई शुभकामना दिएका थिए ।

Advertisement

अप्रिल १२ देखी १८ सम्म मलेसियामा हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ । जसमा शीर्षस्थानमा रहने टोलीले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यू–१९ एक दिवसिय विश्वकप खेल्न पाउनेछ । जारी प्रतियोगितामा नेपाललाई प्रमुख दावेदार मानिएको छ। कप्तान रोहित र प्रशिक्षक दासले नेपाल विश्वकप खेल्नेमा आफु विश्वत रहेको बताए ।

Advertisement

नेपालले १२ अप्रिलमा सिंगापुरसँग पहिलो खेल खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ । दोस्रो खेल १३ अप्रिलमा यूएई,१५ अप्रिलमा मलेसिया,१६ अप्रिलमा ओमान र १८ अप्रिलमा कुवेतसँग खेल्ने कार्यतालिका रहेको छ ।

विश्वकप छनोटका लागि घोषणा भएका १४ सदस्य टोली

१. रोहित कुमार पौडेल ९कप्तान०
२. आशिफ शेख
३. पवन सरार्फ
४. भिम सार्की
५. सन्दीप जोरा
६. सागर ढकाल
७. रित गौतम
८.कमल सिंह ऐरी
९. राशिद खान
१०. सूर्य तामाङ
११.अभिषेक बस्नेत
१२.कुशल मल्ल
१३.हरि बहादुर चौहान
१४.प्रतिस जिसी

अफिसियल :
विनोद दास (प्रमुख प्रशिक्षक
रमन शिवाकोटी – टेक्नीकल म्यानेजर
विक्रम न्यौपाने – फिजियो

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top