कुकुर पनि पुग्यो सात हजार मिटरभन्दा अग्लो वरुणत्से हिमाल

२३ चैत ७५, आइतबार

काठमाडौँ, चैत २४
न्याना कपडा र उपकरणबिना मानिसहरूलाई पनि अग्ला हिमाल चढ्न गाह्रो हुन्छ। तर एउटा कुकुर सात हजार मिटरभन्दा अग्लो हिमालको शिखरमा पुग्न सफल भएको छ।मेरा नाम दिइएकी सो पोथी कुकुरले केही महिनाअघि ७,१६२ मिटर अग्लो वरुणत्से हिमाल आरोहण गरेको पर्वतारोहीहरूले बताएका छन्।

Advertisement

पर्वतारोही डन वार्गोस्कीका अनुसार नोभेम्बर ९ मा वरुणत्से हिमालको शिखरमा पुगेपछि ऊ त्यहाँ कुदेकी पनि थिई।यो अद्भुत अभियानका उसले लागि तीन हप्ता सियाटलका पर्वतारोही डन वार्गोस्कीसँग सहयात्रा गरेकी थिई।

Advertisement

वार्गोस्कीका पथप्रदर्शकहरूका अनुसार उनीहरूले पहिला कहिल्यै त्यसो भएको देखेका थिएनन्।वार्गोस्कीले सो कुकुरबारे चलचित्र बनाउने प्रस्ताव आफूले पाएको समाजिक सञ्जालमा लेखेका छन्।

यो कसरी सम्भव भयो?
नेपालका उत्तरी भेगमा सानाठूला धेरै हिमालहरू छन्। तीमध्ये सगरमाथा संसारकै सबैभन्दा अग्लो हिमाल हो। वार्गोस्की र उनको टोली सर्वोच्च शिखर सगरमाथानजिकै रहेको हिमशृङ्खलामा पर्ने वरुणत्से हिमाल चढ्न गएका थिए।

Advertisement

पाँच हजार एक सय मिटरभन्दा माथिको उचाइमा पुगेपछि उनीहरूले एउटा कुकुरले आफूलाई पछ्याएको देखे र छक्क परे।वार्गोस्कीको टोली मेरा हिमाल चढेर बरुनत्से हिमाल चढ्न गएको थिए। त्यसैले उनले सो कुकुरको नाम मेरा राखिदिए।

त्यसपछि वार्गोस्की र मेराबीच घनिष्ठता बढ्यो। रात पर्दा चिसोबाट जोगिन मेराले वार्गोस्कीको पालभित्र आश्रय पाई।मेराको व्यवहार र हिमाल चढ्न सक्ने क्षमताबाट टोलीका सबै प्रभावित भए।

उसलाई शिखर पुग्न लाग्दा मात्रै केही सहयोग गर्नुर्पयो।टोलीमा भएका अनुभवी पर्वतारोहीहरू यसअघि आफूले कहिल्यै कुकुरले हिमाल चढेको नदेखेको बताउँछन्।

पर्वतारोहण गरेर फर्किएपछि आधार शिविरमा टोलीका प्रबन्धक काजीले मेराको पालनपोषणको जिम्मेवारी लिएका छन्।नोभेम्बरमा भएको घटना भए पनि यसबारे गत मार्च महिनामा मात्र चर्चा सुरु भयो।

गत महिना उसलाई काठमाण्डू ल्याइयो।वार्गोस्कीका अनुसार काजीले मेराको नाम फेरेर ‘बरु’ राखिदिएका छन्।

सहयोग
वार्गोस्कीले फेसबुकमा सो कुकुरबारे चलचित्र बनाउने प्रस्ताव आएको उल्लेख गरेका छन्।केही साताअघि उनले भुस्याहा कुकुरहरूलाई खोप लगाइदिने र अरूलाई पाल्न दिने एउटा संस्थालाई सहयोग गर्न आह्वान पनि गरेका थिए।

अर्को पोस्टमा उनले काठमाण्डूमा ८५० वटा कुकुरलाई खोप लगाउन पुग्ने आर्थिक सहयोग प्राप्त भएको भन्दै सहयोगीहरूलाई धन्यवाद दिएका छन्।उनी लेख्छन्,‘म व्यक्तिगत रूपमा उनीहरू ृसो संस्थोसँग काम गर्न र केही रकम बरुबारे पुस्तकरचलचित्रलाई दान गर्न इच्छुक छु।’

https://www.facebook.com/don.wargowsky/posts/2682971945051607

(बीबीसी नेपालीबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top