आउने भयो रेल, तर कानुन छैन

काठमाडौं : सरकारले रेल सञ्चालनसम्बन्धी कानुन निर्माण नगरी खरिद प्रक्रिया अघि बढाएको छ । जनकपुर–जयनगर रेल सञ्चालन गर्न सरकारले बजेटसहित खरिद प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ तर रेल सञ्चालनसम्बन्धी कानुन भने छैन।

Advertisement

सरकारले भारतको कोकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुईवटा रेल किन्ने निर्णय गरिसकेको छ। रेल खरिद सम्झौता गर्न रेल विभागले एक साताअघि भारतीय कम्पनीलाई पत्राचार गरिसकेको छ।

विभागका महानिर्देशक बलराम मिश्रा सम्झौता भएको तीन महिनाभित्र रेल सञ्चालन हुने दाबी गर्छन्। जनकपुर–जयनगर रेल्वे कम्पनीमार्फत रेल सञ्चालन हुनेछ।

Advertisement

मिश्राका अनुसार रेल्वे कम्पनीको संगठन संरचना र कर्मचारी विनियमावलीको मस्यौदा तयार भइसकेकाले रेल सञ्चालनमा कुनै समस्या नहुने बताउँछन्।,आजको अन्नपूर्ण पोष्ट दैनिकले खबर छापेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top