जागिर छोड्न दुई दिन बाँकी रहँदा घुससहित पक्राउ

सप्तरी, २५ चैत
उमेर हदका कारण अनिर्वाय अवकास पाउन दुई दिन मात्र बाँकी रहेका सप्तरीको राजविराजस्थित जिल्ला भूमि सुधार तथा मालपोत कार्यालयका नायब सुब्बा बासुदेव मण्डल सोमबार बिहान घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुन्धान कार्यालय इटहरीको टोलीले उनलाई बिहान कार्यालय खुल्न डेढ घण्टा अगावै सेवाग्राहीसँग घुस लिँदै गर्दा कार्यालयको कार्यकक्षबाटै रंगेहात पक्राउ गरेको हो । एक सेवाग्राहीलाई कार्यालयमै बोलाएर मोहीको जग्गा सम्बन्धी मुद्दा मिलाइदिन्छु भन्दै ४० हजार रुँपैया घुस लिदालिँदै नासु मण्डललाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

सप्तरीको राजगढ गाउँपालिका ४ बेल्ही चपेना निवासी नासु मण्डल ५८ वर्षे सेवा अवधि पुरागरि दुई दिनपछि नै सेवानिवृत हुन लागेका थिए । पक्राउ परेका नासु मण्डललाई थप अनुसन्धान र आवश्यक कारवाहीका लागि अख्तियारको क्षेत्रीय कार्यालय इटहरी ल्याइएको छ ।

Scroll to Top