नेपाली बजारमा थपियो रिद्धिसिद्धी सिमेन्ट

नेपाली बजारमा थपियो रिद्धिसिद्धी सिमेन्ट

निर्माणका अन्य सामग्रीहरु उत्पादन गर्दै आएका नेपालका दुई ठूला औद्योगिक घराना शंकर ग्रुप र अम्बे ग्रुपको संयुक्त लगानीमा रिद्धिसिद्धी सिमेन्ट नेपाली बजारमा आएको छ ।

गुणस्तरीय सिमेन्टको अभाव मुलुकमा हुन नदिन सो सिमेन्ट उत्पादन गरी बजारमा ल्याइएको अम्बे ग्रुपका अध्यक्ष शोभाकर न्यौपानेले दाबी गरे । काठमाडौंमा आईतबार पत्रकार सम्मेलन गरी नयाँ प्रविधिका साथ उत्पादन सुरु गरिएको सो सिमेन्टले गुणस्तरको नयाँ मापदण्ड हासिल गर्ने बताइएको छ ।

मकवानपुरको रातोमाटेमा कारखाना रहेको सो कम्पनीले हेटौडा र चितवनस्थित आफ्नै चुनढुंगा खानीबाट दैनिक ३ हजार टन सिमेन्ट उत्पादन क्षमता र्पुयाउने लक्ष्य लिएको छ । १० अर्ब स्वदेशी लगानीमा उत्पादन सुरु गरिएको सो सिमेन्ट नेपालमा हालसम्म उत्पादन भएका सबै सिमेन्टभन्दा गुणस्तरीय हुने दाबी पनि गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.