लगातार दोस्रो महिना मुलुक घाटामा

शोधनान्तर स्थिति ९ अर्ब २७ करोड रुपैयाँले नकारात्मक

आयको तुलनामा व्यय धेरै भएपछि मुलुकको बाह्य क्षेत्र लगातार दोस्रो महिना पनि घाटामा गएको छ । चालू आर्थिक वर्षको पाँच महिनाको तथ्यांकअनुसार मुलुकको शोधनान्तर स्थिति ९ अर्ब २७ करोड रुपैयाँले नकारात्मक बनेको हो । आजको नयाँ पत्रिकामा खबर छ ।

व्यापार घाटा उच्च रूपमा बढ्नु तथा रेमिट्यान्स आय घट्नुले मुलुकको शोधनान्तर स्थिति घाटामा गएको हो । समीक्षा अवधिमा मुलुकको व्यापार घाटा १३ प्रतिशतले बढेको छ भने रेमिट्यान्स आय ०.८ प्रतिशतले घटेको छ । आयात १२.८ प्रतिशतले बढ्दा निर्यात वृद्धिदर १० प्रतिशत मात्रै रहेको छ ।

पर्यटन आय ३० प्रतिशतले बढेको भए पनि नेपालीले विदेश भ्रमणमा गरेको खर्च पनि २५.३ प्रतिशतले बढेको छ । बाह्य क्षेत्रका अधिकांश सूचकांक नकारात्मक देखिएका कारण मुलुक घाटामा गएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंककाअनुसार अघिल्लो वर्षको पाँच महिनामा ३ अर्ब ४९ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा ४१ अर्ब ९५ करोड रुपैयाँले घाटामा रहेको छ । यसैगरी, अघिल्लो वर्षको पाँच महिनामा २८ अर्ब ७८ करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा ९ अर्ब २७ करोड रुपैयाँले घाटामा रहेको हो ।

व्यापार घाटा ४ खर्बनजिक
चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालको कुल वैदेशिक व्यापार घाटा झन्डै ४ खर्ब पुगेको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा वैदेशिक व्यापार घाटा १३ प्रतिशतले बढेर ३ खर्ब ९७ अर्ब ७९ करोड रुपैयाँ पुगेको हो । यस अवधिमा नेपालको निर्यात १० प्रतिशतले बढेर ३३ अर्ब ७० करोड पुगेको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM
Scroll to Top