फोरमका वडा सदस्य कांग्रेसमा प्रवेश

२८ चैत ७५, शुक्रबार

विराटनगर, चैत २८
विराटनगर वडा नम्बर १७ का संघीय समाजवादी फोरमबाट वडा सदस्यमा निर्वाचित दुई जना सहित सय बढी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

बिहीबार नबबर्ष २०७६ को अवसरमा वडा नम्बर १७ ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा वडा सदस्य मोहन चौधरी र बसन्ती बुढा संघीय समाजवादी फोरम पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले पार्टी प्रवेश गराए । यस्तै संघीय समाजवादी पार्टी परित्याग गरी १ सय ५० जना अन्य कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गराउदै अर्यालले प्रवेशीहरुको क्षमता र दक्षता अनुसार पार्टीमा स्थान दिने बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top