झापामा जल्यो धर्म्निरपेक्षता

६ बैशाख ७६, शुक्रबार
Share this
713shares

झापा, बैशाख ६
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले झापामा धर्म निरपेक्षताको ब्यानर जलाएको छ । राप्रपाले हिन्दू राष्ट्रको माग सम्बोधनका लागि सरकारलाई दबाब दिन शुक्रबार प्रदर्शन गर्दै देशैभर धर्म्निरपेक्षता लेखिएको प्ले–कार्ड र ब्यानर जलाएको हो । राप्रपाको समर्थनमा हज्जारौं सडकमा उत्रिएका थिए ।

Advertisement

धर्म्निरपेक्षताविरुद्ध आन्दोलन गर्दै आएको राप्रपाले विदेशीको दबाव र प्रभावमा धर्म्निरपेक्षताको व्यवस्था गरिएको आरोप लगाउँदै यसलाई खारेज गर्न सरकारलाई दबाब दिँदै आएको छ ।

आफूले उठाएका मागबारे सरकार गम्भीर नभएको पार्टीका अध्यक्ष कमल थापाले आरोप लगाउँदै आएका छन् । केही समय अघि कमल थापाको नेतृत्वमा राप्रपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे मागपत्र बुझाएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top