×

NEPAL TIMES UPDATES

Playing
इरानले के–के छाड्ने, अमेरिकाले के–के दिने ? सिंगल पेज मेमो तयार|| Nepal Times
May 07, 2026
Playing
बालेन सरकार अब नोट पठाएर मात्रै हुँदैन, परिणाम चाहिन्छ|| Nepal Times
May 07, 2026
Playing
नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड || Nepal Times
May 07, 2026
Playing
वर्षे अधिवेशनमा तीन विधेयकबाहेक अरू छैन बिजनेस|| Nepal Times
May 07, 2026
Playing
चिहानबाट आएको स्पष्टीकरण! जे*फ्री ए*प्स्टि*नकोसुसाइड नोटले विश्व तरंगित|| Nepal Times
May 07, 2026
Playing
स्मार्ट लाइसेन्सको नयाँ युगः नक्कली लाइसेन्स सडकमै छुट्टिने || Nepal Times
May 07, 2026
Playing
लिपुलेक विवाद कसरी समाधान हुन् सक्छ ? यस्तो हुनसक्छ ’फर्मुला’|| Nepal Times
May 07, 2026
Playing
इरानको जस्तै भारतको एयर डिफेन्स ध्वस्त हुनसक्छ ? मोदीको चेतावनी|| Nepal Times
May 07, 2026
Playing
World News:‘प्रोजेक्ट फ्रिडम’ साउदीले गरायो फेल,अमेरिकी प्रस्तावमा विचार गर्दै इ*रान|| Nepal Times
May 07, 2026
Playing
रामवरण,ओली, झलनाथ र सुजाताको उपचारमा राज्यले कति खर्च गर्याे ?|| Nepal Times
May 07, 2026

विप्लबलाई प्रतिबन्ध लगाउने सरकारले ‘राजा आउ देश बचाउ’ भन्नेलाई किन बोलाउँदैछ बार्तामा ?

८ बैशाख २०७६

काठमाडौं, बैशाख ८
हिन्दु राष्ट्र, धर्म्निरपेक्षता र राजसंस्था पुर्नस्थापनाको माग गर्दै सडक संघर्षमा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) लाई सरकारले वार्तामा बोलाएको छ ।

आज कानुन न्याय तथा संसदीय ब्यवस्थामन्त्री भानुभक्त ढकालले राप्रपा अध्यक्ष कमल थापालाई पत्र पठाउँदै वार्तामा बोलाएका छन् । दुई साता अघिसम्म कमल थापा माथि लाठी बर्साउने सरकार एक्कासी किन नरम भयो ? राजनीति बृत्तमा वहस तातिएको छ ।

Advertisement
Advertisement

केहि राजावादी र संघियता विरोधीका अनुसार गत फागुन ७ गते सरकारलाई २२ बुँदे माग पत्र बुझाउँदै मेची महाकाली यात्रा समेत सम्पन्न गरी सडक संघर्षमा रहेको राप्रपाका पक्षमा जनमत बढ्दै गएपछी सरकार गम्भिर भएको हो ।

राप्रपाले मेची महाकाली १५ दिने राष्ट्रिय स्वाभिमान यात्रा, हिन्दु राष्ट्रका लागि देशव्यापी हस्ताक्षर संकलन अभियान, संघ, प्रदेश र जिल्लाका प्रशासनिक र विकास केन्द्रीत कार्यालयमा धर्ना, धर्म निरपेक्षताको ब्यानर र पोष्टर जलाउने कार्यक्रमहरु गरिसकेको छ ।

राप्रपाको सडक संघर्षमा सरकारले बल प्रयोग गर्ने कोशिष गरेपनी सफल हुन सकेको थिएन । भने, राप्रपाका पक्षमा दिनप्रतिदिन जनमत बलियो बन्दै गएको थियो ।

राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठले सरकारले वार्ताको आह्वान गर्दै पत्र पठाएको बताउँदै पार्टीले सकारात्मक रुपमा लिएको बताएका छन् । भोली सोमबार पार्टीको बैठक बसेर वार्ता टोलीको नाम तय गर्ने तयारी भएको छ ।

राप्रपाले दोश्रो चरणको संघर्षको कार्यक्रम गर्ने तयारी गर्दैगर्दा सरकारले वार्तामा बोलाएर राजनीतिक रुपमा संविधान र संघियता प्रति सहमति राखेकालाई सेटल गर्न खोजेको कतिपय बाम बुद्धिजिवीहरुको बुझाइ छ ।

‘पछिल्ला दिनहरुमा संघियता र धर्म्निरपेक्षता माथि प्रहार भइरहेको छ, विभिन्न दल र समुहबाट भएका प्रहार अहिलेनै सेटल गर्न सकिएन भने भोली ठूलो आकार लिन सक्छ, त्यहि भएर पनी राप्रपालाई वार्ताको माध्यमबाट साइजमा ल्याउन खोजिएको हो ।’ एक बाम बुद्धिजिवीले भने ।

यस अघि स्वतन्त्र मधेशको माग गर्दै आइरहेका सिके राउतलाई समेत सरकारले वार्ताको माध्यमबाट सेटल गरेको थियो । सरकारले बर्तमान संविधानमा असहमति राख्दै आएको विप्लब माओवादीलाई भने प्रतिबन्ध लगाएको छ । विप्लब माथिको प्रतिबन्धले सरकार नै अलोकप्रिय भएपछी आन्दोलनरत शक्तिहरुसँग वार्ताको माध्यमबाटै सेटल गर्ने रणनीति अपनाएको बुझिएको छ ।

राप्रपाले उठाएको माग र विप्लबले उठाएका माग फरक भएको र उनीहरुको आन्दोलनको स्वरुप समेत फरक छ । कतिपय राजनीतिक विष्लेशकहरुले विप्लबलाई पनी ढिलोचाँडो वार्तामा ल्याउन पहल भइरहेको बताएका छन् ।

नेकपाका एक केन्द्रिय सदस्यले सरकार कुनैपनी पक्षलाई बल प्रयोग गरेर नियन्त्रण गर्ने पक्षमा नरहेको बताउँदै विप्लबलाई पनी अराजक गतिविधि त्यागेर वार्ताको टेवलमा आग्रह गरे । ‘०५२ सालमा माओवादीलाई सानो जत्था ठानेर वास्ता गरिएन, अहिले पुनः त्यहि अवस्था सृजना नहोस, देश पुनः द्वन्द्वमा नजाओस भन्नेमा सरकार गम्भिर छ ।’ उनले भने ।

Advertisement
Advertisement

वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा महामन्त्रीत्रय राजेन्द्र लिङ्देन, डा. धवल शमशेर राणा, भाष्कर भद्रा, प्रदेश नं ३ कार्य समितिका अध्यक्ष विक्रम बहादुर थापा, महिला संगठनकी अध्यक्ष कुन्ती कुमारी शाही र युवा संगठनका अध्यक्ष प्रकाश रिमाल सदस्य रहेको कार्यदल समेत गठन गरेको थियो ।

भर्खरको समाचार

लिपुलेक,कालापानीका कुरा, नोट होइन अब परिणाम चाहिन्छ

677108931_958688953417789_3450960544499223528_n

क्यूआर सहितको १७ लाख स्मार्ट लाइसेन्स छपाइ

Security Printing Press_Driving Licence Printing_ (4).jpg

नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड

ram krishna and nischal

बालेन सरकार मन्त्रीहरू सिक्दै अगाडि बढ्दै

670200642_880540235011019_6960321166116653165_n

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

सम्बन्धित खबरहरु

Scroll to Top