प्रधानमन्त्री ओलीद्वारा श्रीलंकाको घटनाप्रति खेद प्रकट

काठमाडौँ, बैशाख ८
श्रीलंकामा भएको आत्मघाती बम विस्फोटको घटना प्रति प्रधानमन्त्री केपी शर्मा ओलीले सन्देश मार्फत खेद प्रकट गरेका छन् । प्रधानमन्त्री ओलीले आज श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई एक समवेदना पत्र पठाउँदै त्यस दुःखद घटनाप्रति खेद प्रकट गरेका हुन् । श्रीलंकामा बम विस्फोटमा परी हाल सम्म मृत्यु हुनेको संख्या १ सय ५६ पुगि सकेको छ भने घाईतेको संख्या ४ सय भन्दा बढी रहेको छ ।

प्रधानमन्त्री ओलीले समवेदना पत्रमा लेखेका छन् ‘आइतबार बिहान श्रीलंकाका विभिन्न सार्वजनिक स्थानहरुमा भएको श्रृंखलावद्ध वम आक्रमणमा परी कैयौं निर्दोषहरुले जीवन गुमाउनु परेको घटनाले मलाई अत्यन्त दुःखी बनाएको छ।’

उनले लेखेको पत्रमा नेपाल सरकारले मानवता विरोधी जघन्य घटनाको भत्सर्ना गरेको उल्लेख समेत गरेका छन् । उनले पठाइएको पत्रमा लेखिएको छ ‘यस्तो आपराधिक घटनामा संलग्न अपराधीहरुलाई सकेसम्म चाँडै कानुनको दायरामा ल्याइनेछ भन्ने कुरामा म विश्वस्त छु। नेपाल आतंकवाद विरुद्धको आफ्नो सैद्धान्तिक अडानमै उभिएर कुनै पनि रंग र रुपको आतंकवादको कडा शब्दमा निन्दा गर्दछ ।’

Advertisement

यस घटनामा ज्यान गुमाउने प्रति प्रधानमन्त्री ओलीले नेपाल सरकार र सम्पूर्ण नेपाली जनताको तर्फबाट श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top