नव नियुक्त पाँच न्यायधीशको सर्वोच्चमा आजबाट कार्य आरम्भ

Share this
729shares

काठमाडौँ, बैशाख
न्यायाधीशमा नियुक्त गरिएको सर्वोच्च अदालतका पाँच न्यायाधीशले आज आईतबारबाट आफ्नो कार्य आरम्भ गरेका छन् । सुनुवाइ समितिबाट बिहीबार अनुमोदन भएका प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरि फुयाँल र मनोकुमार शर्माले आजबाट सर्वोच्च अदालतमा आजबाट कार्य आरम्भ गरेका हुन् ।

Advertisement

नव न्यायाधीश पाँचै जना लागि इजलाश तय भएको छ । आजबाट कार्य शुरु गरेकाका रेग्मी र फुयाँल प्रधानन्यायाधीशको रोलक्रममा समेत परेका छन् । राष्ट्रपति विद्यादेवि भण्डारीले शुक्रबार यी पाँच न्यायाधीश नियुक्त गरेकी थिइन् ।

सूचना अधिकारी नागेन्द्र कालाखेतीले जानकारी दिए अनुसार आज राष्ट्रपति भण्डारीको उपस्थितिमा राष्ट्रपति भवन शितल निवासमा प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाबाट पद तथा गोपनीयतकोको सपथ खाएपछी उनीहरुले सर्वोच्च अदालतमा कार्य शुरु गरेका हुन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top