राष्ट्रपतीको जिम्मेवारी उपराष्ट्रपति पुनको थाप्लोमा

राष्ट्रपतीको जिम्मेवारी उपराष्ट्रपति पुनको थाप्लोमा

काठमाडौँ, बैशाख ११
आजबाट राष्ट्रपति विद्यादेवी भण्डारीको चीनको भ्रमण शुरु भएको छ । चिनियाँ राष्ट्रपति सी चीनफिङको निमन्त्रणामा राष्ट्रपति भण्डारी आज चीनको राजकीय भ्रमणका लागि प्रस्थान गरेकी हुन् । उनी आज बिहान ११ बजेको फ्लाइटमा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट नौ दिने भ्रमणका लागि निस्किएकी हुन् ।

चीनको लागि प्रस्थान हुनुभन्दा अगाडी राष्ट्रपती भण्डारीले आफ्नो जिम्मेवारी उपराष्ट्रपति नन्दबहादुर पुनलाई दिएकी छिन् । राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्ति अनुसार राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा ९२० बमोजिम उपराष्ट्रपतिबाट सम्पादन गरिने तोकिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.