धरानकी नीतुलाई गोरखाको स्कुटी

१२ बैशाख ७६, बिहीबार
Share this
723shares

विराटनगर, बैशाख १२
गोरखा डिपार्टमेन्ट स्टोर प्रालिको वार्षिक भाग्यशाली योजनाअन्तर्गत धरान–१५ की नीतु राईले यमाहा कम्पनीको स्कुटी उपहार प्राप्त गरेकी छन् । वार्षिक भाग्यशाली उपहार योजनाअन्तर्गत धरानकी राईलाई यमाहा कम्पनीको स्कुटीको चाबी हस्तान्तरण गरिएको स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्यले जानकारी दिए ।

Advertisement

गोरखा डिपार्टमेन्टले धरान शाखामा कार्यक्रम आयोजना गरी बिजेता राईलाई स्कुटीको चाबी हस्तान्तरण गरेको हो । गोरखाले इटहरीलगायत पाँचवटै शाखामा बम्पर उपहार योजना लागू गरेको थियो । स्टोरले इटहरीसहित धरान, पथरी, दमकलगायतका शहरमा शाखा विस्तार गरेको छ ।

२०७५ सालभरिमा दुई हजार रूपैयाँभन्दा बढीको सामान खरिद गर्ने ग्राहकलाई भाग्यशाली कुपनमार्फत् बम्पर उपहार योजनामा सहभागी गराएको थियो । सोहीअनुसार गोरखाको धरान शाखाबाट सामान खरिद गर्ने राईलाई भाग्यशाली कुपनमार्फत् स्कुटी उपहार परेको थियो । सो उपहार योजनाअन्तर्गत प्रथम पुरस्कारमा स्कृटीका साथै ग्राहकलाई दोस्रो, तेस्रो र सान्त्वना लगायतका पुरस्कारसमेत वितरण गरिएको स्टोरले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top