रिना हत्या काण्ड प्रदेश संसदमा : प्रदेश सरकार गम्भिर नभएको विपक्षीको आरोप

Share this
770shares

विराटनगर, बैशाख १२
प्रदेश नं. १ को प्रमुख प्रतिपक्ष दलका सांसदले मोरङको पथरीमा केही दिन अघि भएको रिना बस्नेतको रहस्यमय मृत्युको घटनामा प्रदेश सरकार गम्भिर नभएको आरोप लगाएका छन् । सांसदले रिना बस्नेतको रहस्यमय मृत्युको घटनामा सरकारलाई गम्भिर हुन आग्रह समेत गरका छन् ।

Advertisement

प्रदेश नं. एकको विहबिार बसेको बैठकमा प्रतिपक्ष नेपाली काग्रेसका सचेतक सुयर्माराज राईले पछिल्लो समय पथरी लगायत सो आसपासको क्षेत्रमा श्रृखलाबद्ध रुपमा अपराधका घटना बढेको भन्दै शान्ति सुरक्षा कायम गराउन प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रदेश सभाको बैठकको विषेश समयमा बोल्दै प्रतिपक्ष दल नेपाली काग्रेसका सचेतक राईले पथरी, कानेपोखरी आसपासको क्षेत्रमा जनता अहिले निर्धक्क भएर हिडडुल गर्न नसकने अबस्था सृजना भएको सदन मार्फत सरकारलाई जानकारी गराएका थिए ।

Advertisement

उनले पथरी र आसपासको क्षेत्रमा लास भेटिने तर प्रहरीले आत्मा हत्या र भवितव्य भन्दै पन्छने गरेको आरोप समेत लगाए । गत शुक्रबार पथरिमा भेटिएको रिना बस्नेतको लासपनि भवितव्य भन्दै प्रहरी पन्छन खोजेको उनको तर्क थियो ।

उनले पथरीमा भएको बस्नेतको रहस्यमय मृत्युको घटना प्रति सरकार गम्भिर नभएको आरोप समेत लगाए । उनले स्थनिय जनप्रतिनिधको प्रयासमा आन्दोलन केहि दिनलाई रोकिएको भए पनि प्रहरीले सत्य तथ्य बाहिर नल्याए झनै ठूलो आन्दोलन हुन सक्ने तर्फ प्रदेश सरकारलाई सचेत गराएका थिए । त्यसैगरी इलाका प्रहरी कार्यालय पथरीमा प्रहरी नायव उपरिक्षकको दरबन्दी कायम गराउन पनि प्रदेश सरकारसँग माग गरेका छन् ।

Advertisement

विहिबार बसेको प्रदेश सभा बैठकमा प्रदेश खेलकुद सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक सर्वसम्मतीले पारित भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले ल्याएको विधेयक माथि सामाजिक विकास समितिमा दफावार छलफल भएको थियो । सामजिक विकास मन्त्रि जिवन घिमिरेले विधयेक पारित गरियोस भनि सदनमा प्रस्तुत गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top