विहान परेको पानीले जलमग्न भयो विराटनगर

विहान परेको पानीले जलमग्न भयो विराटनगर

विराटनगर, २०७६ वैशाख १५

आइतबार विहानै परेको पानीले विराटनगर पुरै जलमग्न भएको छ । विराटनगरमा जारी विकास निर्माणका कारण पानीको निकास नभएपछी विराटनगर पुरै जललमग्न भएको हो ।

विराटनगर महानगरपालिकाले जारी विकास निर्माणको काम सकिएपछी विराटनगरको पानीजम्ने समस्या समाधान हुने भनेपनि निर्माण सम्पन्न भएका विभिन्न स्थानहरुमा पनि घुँडा घुँडा सम्म पानि जमेको छ ।

विराटनगरको रोडशेष चोक, कर कार्यालय, हिमालय रोड लगायतका स्थान पूरै डुवानमा परेको छ भने अधिकांश सथानमा पानी जमेर सडक हिलाम्ये भएको छ ।

सडक हिलाम्ये भएपछी आवात जावतमा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । हाल विराटनगरको विकास निर्माणको काम भइरहेको छ । सडक पाइपास र वैकल्पीक व्यवस्था नहुँदा विराटनगरको जनजिवन कष्टकर बन्दै गएको छ ।

तस्वीरमा हेर्नुहोस् विराटनगरको अवस्था

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.