‘जनता कांग्रेसको पक्षमा छन्, अब मनमुटाव छोडेर अघि बढ्नुपर्छ’

१४ बैशाख ७६, आइतबार

काठमाडौं, बैशाख १५
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनता कांग्रेसको पक्षमा रहेको दाबी गरेका छन् । संखुवासभा क्षेत्र नम्बर २ ले आइतबार सदरमुकाम चैनपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै नेता सिंहले यस्तो दाबी गरेका हुन् ।

कार्यक्रममा उनले भने, ‘जनता कांग्रेस राम्रो होस् भन्ने चाहन्छन् । अझै पनि कांग्रेसकै पक्षमा छन् जनता । अब हामी आन्तरिक मनमुटाव छोडेर एकजुट भएर अघि बढ्नुपर्छ ।’

पार्टीलाई विधिसम्मत तवरले चलाउनुपर्नेमा जोड दिँदै उनले कांग्रेसले जनता र मुलुकको हितमा महत्वपूर्ण काम गर्दागर्दै पनि जनताले विश्वास गर्न नसकेको गुनासो पोखे ।

Advertisement

फरक प्रसंगमा उनले बहुमतको सरकार भएपनि जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाए । सरकार ठूलाठूला भ्रष्टाचार काण्डमा फसेको दाबी गर्दै उनले भने, ‘सरकार ठूलाठूला काण्डमा फसेको छ । हत्या, हिंसा, बलात्कार बढेको छ । अपराधीलाई कारवाही गर्न सकेको छैन । आर्थिक वृद्धिदर घट्दो छ । यो सरकार पुरै असफल भयो ।’ वैशाख १३ गतेदेखि पूर्वी नेपालको विभिन्न जिल्ला दौडाहामा रहेका प्रकाशमान १७ गते काठमाडौं फर्कने कार्यक्रम छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top