बीआरआईः नेपालमा चिनियाँ रेल आउने ढोका खुल्यो

१५ बैशाख ७६, आइतबार
Share this
777shares

बेइजिङ, बैशाख १५
चीनमा जारी ‘सेकेण्ड बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’ मा नेपाल–चीन कनेक्टिभिटी औपचारिक रुपमै बीआरआईमा समेटिएको छ । शनिबार सम्पन्न दोस्रो गोलमेच बैठकले नेपालका तर्फबाट राखेको प्रस्ताव पास गर्दै नेपाल–चीन कनेक्टिभिटीलाई बीआरआईमा समेटेको हो । बीआरआईमा नेपालमा रेल ल्याउने योजना समावेश भएसँगै नेपाल र चीनबीच सीमापार रेलसहित बहुउद्देश्यीय हिमालय वारपार सञ्जाल विस्तारको ढोका खुलेको छ ।

Advertisement

बीआरआई परियोजनामा नेपालसहित १५० मुलुकले चीनसँग सम्झौता गरेको जानकारी दिइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सीबीच सोमबार हुने दुईपक्षीय वार्तामा सहकार्यको ठोस आधार तय हुने मन्त्री ज्ञवालीले बताए। ‘चीनले नेपालसँगको भौतिक साझेदारी थप उचाइमा पुर्याउनेमा हामी विश्वस्त छौं। रेल महत्त्वाकांक्षी र जटिल विषय हो। अब नेपालमा चिनियाँ रेल आउनेमा हामी निश्चिन्त छौं,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने ।

यसअघि बेइजिङमा आयोजित दोस्रो बेल्ट एन्ड वान रोड अन्तर्रा्ष्ट्रिय फोरम बिआरआलाई शुक्रबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यसले बढ्दो कनेक्टिभिटीसँगै लगानी, व्यापार, पर्यटन तथा जनस्तरको सम्बन्धको ढोका खुल्ने विश्वास व्यक्त गरेकी थिइन् ।

Advertisement

चीन नेपाल सिमानापार रेल्वे वा कनेक्टिभिटी नेटवर्कको बहुआयामिक विकासले नेपाल र चीनबीच मात्रै नभई यस क्षेत्रका अन्य देशसँग पनि कनेक्टिभिटीलाई विस्तारित गर्ने उनको भनाइ थियो ।

यस्तै चिनियाँ राष्ट्रपति सि जिनपिङले पनि सम्मेलनमा हिमालयपार बहुआयामिक कनेक्टिभिटी नेटवर्कको रूपरेखामा रहेर नेपालको विकास प्रयासमा साथ दिने प्रतिबद्धता जनाएका छन् ।

Advertisement

‘नेपालले संकल्प गरेको समृद्ध नेपाल, खुसी नेपालीको अभियानमा चीनको सदैव साथ छ, यो विकासको सहयात्रामा साथ दिन चीन तयार छ’, राष्ट्रपति सीले भनेका छन् ।

३७ राष्ट्र तथा सरकार प्रमुखहरुका साथै विश्वभरिबाट छानिएका पाँच हजार जनाले भाग लिएको बीआरआई नेपालका लागि एतिहासिक अवसर सावित भएको छ ।

बीआरआई यातायातका संरचना निर्माण गर्ने परियोजना मात्रै नभएर विश्व समृद्धिका लागि नयाँ सोच, विचार र समाज विकासको फरक ढंगको थालनी हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top