बुटवल, वैशाख १५
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले भेटघाट गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर राजदूत जावेदले मुख्यमन्त्रीसँग भेट गरेका हुन् ।
भेटमा लुम्बिनी बौद्धमार्गीका लागि मात्रै नभएर सबैको श्रद्धाको स्थल भएको बताए । मुख्यमन्त्रीले लुम्बिनीसहित तराईका इलाका ऐतिहासिक सम्पदाले भरिपूर्ण रहेको चर्चा गरेका छन् ।
राजदूत जावेदले दुई मुलुकको लामो कूटनीतिक सम्बन्धमा कुनै समस्या नआएको र सम्बन्ध मजबुत रहेको चर्चा गर्दै सांस्कृतिक आदानप्रदान गरी सम्बन्धलाई अझ बलियो बनाउनुपर्ने विचार राखे । जवाफमा मुख्यमन्त्री पौडेलले सांस्कृतिक आदानप्रदान गर्न सकिने बताए ।