धनुषा, वैशाख १७
श्रीमानले मट्टीतेल छर्केर जलाइएकी धनुषाकी निर्मलादेवी गोईतको उपचारको क्रममा मृत्यु भएको छ । धनुषाको शहीदनगर नगरपालिका वडा नं. १ ठूलो चिरैयाका मुकेशकुमार गोइतले श्रीमतिलाइ वैशाख ५ गते शरीरमा मट्टीतले छर्केर जिउँदै जलाउने प्रयास गरेका थिए ।
निर्मलाको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको हो । जनकपुर अञ्चल अस्पताल उपचार सम्भव नभएपछि थप उपचारको लागि उनलाई काठमाडौं ल्याइएको थियो । निर्मलाको १० महिना अघि विवाह भएको थियो ।