×

NEPAL TIMES UPDATES

Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026

नेपाली स्याटेलाइट प्रक्षेपणपछि के सोच्दैछन् युवा बैज्ञानिक ?

१७ बैशाख २०७६

काठमाडौ ,बैशाख १७

नेपालले आफ्नै स्याटेलाईट प्रक्षेपण गर्न सफल भएकोमा नेपाली युवा बैज्ञानिकहरु उत्साहित भएका छन् । आगामी दिनमा नेपालले पनि प्राविधिक रुपमा फड्को मार्ने उनीहरुको धारणा रहेको छ । युवा बैज्ञानिकहरुले सो कार्य पूरा गर्न केही आवश्यक पूर्वाधारको विकास गर्नु पर्ने बताए । युवा वैज्ञानिकले आधुनिक प्रयोगशाला आवश्यक रहेको महशुस गरेका छन् । कतिपयले नेपालमा तत्काल उपलब्ध स्रोत साधनको प्रयोग गर्न आवश्यक रहेको कुरामा जोड दिए ।

Advertisement
Advertisement

मोरङ स्थित महेन्द्र मोरङ क्यापसमा आवद्ध युवा वैज्ञानिक मनिश शाह भन्छन्-‘अहिलेको विश्व प्राविधिक रुपमा अघि बढी रहँदा हामीले आफ्नै देशमा स्याटेलाइट लगायतका प्रविधिमा जोड दिन आवश्यक छ ।’ कृषी क्षेत्रमा समेत बैज्ञानिक प्रयोग गर्न आवश्यक छ र यो नेपालमा सम्भव भएको उनको भनाई छ ।

हाम्रो देशमा पाईने मौसमी अवस्था भिन्न किसिमका छन् । यसको अध्ययनले उत्पादनमा सघाउ पुर्याउँदछ । कतै भिजेका जमिन छन् त कतै सुख्खा । नेपालले आफ्नै स्याटेलाइट प्रयोग गर्न सकेको अवस्थामा कृषी क्षेत्रमा चाहिने रेडियसनको मात्रा मिलाउन सघाउ पुर्याउँदछ ।

यसले वेदर फरकास्टिङमा सघाउ पुर्याउँदछ । खेती गर्दा चाहिने औषधीको मात्रा ठिक्क मिलाएर हाल्न सहयोग पुर्याउँछ । अहिलेको विश्व डिजिटल बनिरहेको अवस्था छ । यस्तो अवस्थामा हामीले काम गर्ने शैली समेत परिवर्तन गर्न आवश्यक भइसकेको छ । माटोको ग्राफ बनाएर हामीले काम गर्न आवश्यक हुन्छ ।

कुन ठाउँमा कस्तो खेती गर्न आवश्य हुन्छ भन्ने कुरामा स्याटेलाइट सहयोगी हुन्छ । प्रत्येक ३० किलोमिटर पार गरेपछि मौसमी अवस्थामा समेत परिवर्तन हुन्छ । हामीले सो कुरा बुझेर खेतीपाती गर्नु र नबुझी गर्नुमा आकाश जमिनको फरक हुने युवा बैज्ञानिक बताउँछन् । विदेशी स्याटेलाईटले घटनाको अध्ययन अनुसन्धान गर्दै आएको छ । अनुसन्धानका लागि स्रोत साधन जुटाउन सकेमा नेपालले समेत काम गर्न सक्नेछ ।

‘स्याटेलाइटको पाइलट स्टडी’
पछिल्लो समय बारा, पर्सामा गएको हावाहुरीको मापन नेपालले आफै गर्न सकेन । नेपालको आफ्नै स्याटेलाइट भएमा त्यस्ता हावाहुरी बारामा आउनु भन्दा पहिले काकरभित्ताबाट शुरु हुँदा नै थाहा हुने थियो । विज्ञानमा २ वटा पक्ष हुन्छन् । एउटा भएको कुरालाई सुधार गर्ने र अर्को भनेको नयाँ चिजको विकास गर्ने हो । हाम्रो कोर्ष नै अलिकति पुरानो तरिकाको छ । आधुनिक रुपमा काम गर्न केही फरक ढङ्गका कोर्षको समेत आवश्यक पर्छ ।

हामीले समय सान्दर्भिक हुनु आवश्यक भइसकेको छ । नेपालमा जनसंख्या वृद्धीलाई समस्याको रुपमा लिने गरिन्छ । सोही कुरा जर्मनीको सन्र्दभमा हेर्दा कुनै समस्या होइन । त्यहा बच्चा जन्माएमा राम्रै मानिन्छ । साथै, ३ वटा बच्चा जन्माउँदा राम्रो हुन्छ ।

यस्तै, अर्घाखाँची घरभई हाल विएमसी मोरङ कलेजमा आवद्ध युवा वैज्ञानिक चन्द्रप्रकाश गैरे भन्छन्–‘विज्ञान तथा प्रविधिको महत्व हरेक क्षेत्रमा रहेकाले यसलाई सबैले बुझ्न आवश्यक रहेको छ ।’ गैरेले वातावरण विज्ञानको भूमिका महत्वपूर्ण हुने भन्दै हामीले आफ्नो वातावरणको निर्माण गर्न आवश्यक रहेको बताएका छन् । उनले पछिल्लो समय नेपाली बैज्ञानिकहरुले हरेक क्षेत्रमा आधुनिकीकरणमा जोड दिएको बताए ।

यसरी नै विज्ञान भनेको आधुनिक चिजको विकास रहेपनि कतिपय पुराना महत्वका वस्तुहरु समेत हामीले भुल्न नहुने बताए । उनले नयाँ पुराना भन्ने मात्र नभई बैज्ञानिक सिद्धान्तमा रहेर समाजमा प्रयोगमा ल्याउन सकिनेतर्फ खोज तथा अनुसन्धान केन्द्रित रहने मत व्यक्त गरे ।

साथै, काठमाडौ थापाथलीको आइओइमा आवद्ध युवा बैज्ञानिक सचिन पौडेल भन्छन्–‘विज्ञान तथा प्रविधिको विकासले समग्र राष्ट्रको विकासमा नै सहयोग पुर्याउँछ ।’ पौडेलले नेपालले आफनै प्रविधिको विकास गरेमा त्यसले धेरै कुरामा सहयोग पुर्याउने बताए ।

Advertisement

‘भू-उपग्रह स्याट-१’ प्रक्षेपण
नेपालले २०७६ साल बैशाख ५ गते आफ्नो पहिलो स्याटेलाइटको अमेरिकाबाट प्रक्षेपण गरेको थियो । ‘भू–उपग्रह स्याट-१’ नामक उक्त स्याटेलाइट अमेरिकाको भर्जिनियास्थित (वालओप्सदीप) नाशाको रकेट प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको हो । नास्टले दिएको जानकारी अनुसार सो भू–उपग्रह नेपाली समय अनुसार बिहानको २ः३१ बजे प्रक्षेपण गरिएको थियो । (विकास न्युजबाट)

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top