×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026

आईपीएल : हैदरावादलाई पराजित गर्दै सन्दीप सम्मिलित दिल्ली क्वालिफायरमा

२६ बैशाख २०७६

एजेन्सी,बैशाख २६
नेपाली स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग(आईपीएल) को क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार राती हैदरावादको घरेलु मैदान विशाखापट्नमा सम्पन्न खेलमा सनराइजर्स हैदरावादलाई २ विकेटले पराजित गर्दै दिल्लीले क्वालिफायरमा स्थान बनाएको छ । यो जितसँगै अब दिल्लीले फाईनल प्रवेशका लागि चेन्नई सुपर किंग्ससँग खेल्ने छ भने हैदरवादको यस सिजनको आईपीएल यात्रा यहि सकिएको छ । दिल्लीले आईपीएलमा पहिलो पटक प्ले अफ जितेको हो ।

१ सय ६३ रनको लक्ष्य पछ्याएको दिल्लीले ओभरमा ८ विकेटको क्षतिमा पुरा गर्यो । दिल्लीलाई अन्तिम ओभरमा जितकोलागि ५ रन चाहिएको थियो । पाँचौ बलमा किमो पलले चौका प्रहार गर्दै दिल्लीको जित पक्का गरे ।

Advertisement
Advertisement

दिल्लीको जितमा नायक बनेका विकेटकीपर ऋषभ पन्तले विश्फोटक ब्याटिङ गर्दै २१ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ४९ रनमा क्याच आउट भए । पन्तलाई १९ औं ओभरको पाँचौ बलमा भुवनेश्वर कुमारले मोहम्मद नाबी बाट क्याच आउट गराए ।

त्यस्तै ओपनर पृथ्वी शा ले ५६ रनको योगदान दिए । ११ ओभरको अन्तिम बलमा खलिल अहमदले विजय शंकरबाट क्याच गराउनु अघि शा ले ३८ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।

पहिलो विकेटका लागि ७.३ ओभरमा धवन र शा ले ६६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । दिपक हुड्डाले विकेटकीपर रिद्धीमान शाहबाट धवनलाई १७ रनमा स्टम्पिङ गर्दै हैदरावादलाई पहिलो सफलता दिलाए । ११ ओभरको दोस्रो बलमा खलिल अहमदले विकेटकीपर शाहबाट कप्तान श्रेयस ऐरलाई ८ रनमा आउट गरे ।

यसै ओभरको अन्तिम बलमा खलिलले विजय शंकरबाट पृथ्वी शालाई क्याच आउट गराएपछि हैदरावाद खेलमा फर्किने संकेत देखाएको थियो । १५ औं ओभरको पहिलो बलमा कोलिन मुनरो र चौथो बलमा अक्षर पटेललाई राशिद खानले आउट गरेपछि खेल रोमान्चक मोडमा पुगेको थियो । किमो पल ५ रनमा अविजित रहे । हैदरावादका लागि राशिद खान,भुवनेश्वर कुमार र खलिल अहमदले समान २ तथा दिपक हुड्डाले १ विकेट लिए ।

त्यस अघि टस हारेर पहिला ब्याटिङ थालेको हैदरावादले निर्धारित २० ओभरको ८ विकेट गुमाउँदै १ सय ६२ रन बनायो । उसका लागि ओपनर मार्टिन गुप्टिलले १९ बलमा ४ छक्का र १ चौका सहित ३६ सर्वाधिक रनको योगदान दिए । कप्तान केन विलियम्सनले २७ बलमा २ चौका सहित २८ रन बटुले ।

मनिष पान्डेले ३६ बलमा ३ चौका सहित ३०,रिद्धीमान शाह ८ रनमा आउट भए । तल्लो कमका विजय शंकरले ११ बलमा समान २ चौका र छक्का सहित २५ रनको योगदान दिदै हैदरावादलाई प्रतिस्पर्धात्मक योगफल सम्म पुर्याए । मोहम्मद नाबीले १३ बलमा ३ चौका र १ छक्कासहित २० रनमा आउट भए ।

चौथो ओभरको पहिलो बलमा ईशान्त शर्माले कप्तान श्रेयस ऐरबाट क्याच आउट गराएपछि हैदरावादले पहिलो विकेटका रिद्धीमान शाहलाइ गुमाएको थियो । सातौ ओभरको तेस्रो बलमा आक्रमक ब्याटिङ गरि रहेका गुप्टिललाई अमित मिश्राले किमो पलबाट क्याच गराए । यी दुबै आउट भएपछि हैदरवादले सुस्त गतिमा रन जोडेको थियो ।

चौधौं ओभरको चौथो बलमा पलले पान्डेलाई क्याच आउट गराए । १६ औं ओभरको पाँचौ बलमा इशान्त शर्माले विलियम्सनलाई बोल्ड आउट गरेपछि हैदरावाद ठूलो योगफल बनाउनबाट चुकेको हो । दिल्लीका किमो पलले सर्वाधिक ३ विकेट लिए । त्यस्तै ईशान्त शर्माले २, अमित मिश्रा र टेन्ट्र बोल्टको नाममा समान १ विकेट रह्यो ।

Advertisement

दिल्लीले अव फाईनल प्रवेशको लागि आगमी शुक्रबार चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्ने छ । मुम्बई पहिलो क्वालिफायरमा चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गर्दै फाईनलमा प्रवेश गरि सकेको छ । फाईनल आगमी आतबार हुने छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top