बैशाख—२७, विराटनगर ।
मोरङको रंगेली प्रहरीले सेतो हिरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्लाको धनपाल गाउँपालिका मायागंजाबाट गएराति भारत कुरसाकाटाका ३६ वर्षिय सन्तोस मण्डललाई रंगेली प्रहरीले पक्राउ गरेको हो । रंगेली प्रहरीका प्रमुख प्रहरी निरीक्षक कविन्द्रकुमार कार्कीका अनुसार प्रदेश नं. १ प्रहरी को विशेष टोली र रंगेली प्रहरीले भारती नागरिक मण्डललाई पक्राउ गरेको जानकारी दिए । प्रहरीले मण्डलले चलाई ल्याएको डि एल ७ सी एम ०१७६ नम्बरको स्कारपीयो जिप चेक जाच गर्ने करममा म्याड इन थाइल्याण्ड डबल टाइगर नामको १ सय ६० ग्रामको सेतो हिरोइन बरामद गरेको हो । मण्डलले जन्ती बोकी आएको सोस्कारपियो जिप सवारीबाट विशेष सुराकीको आधारमा हिरोइन बरामद गरेको रंगली प्रहरीले जनाएको छ । लागु औषध नियन्त्रण ऐन अन्तर्गत मण्डललाई शुक्रबार मोरङ जिल्ला अदालतबाट म्याद थप गराई थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।
सेतो हिरोइनसहित भारतीय नागरिक पक्राउ
२६ बैशाख ७६, शुक्रबार
भर्खरको समाचार
अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी
‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म
अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय
बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…
प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?
अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार
गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी
वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह
फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने
अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल