आईपीएलको यो सिजनबाट सन्दिपले ५५ लाख रुपैयाँ पाउने

आईपीएलको यो सिजनबाट सन्दिपले ५५ लाख रुपैयाँ पाउने

काठमाडौँ, जेठ १
इन्डियन प्रिमियर लिग(आइपीएल)मा पहिलो पटक तेस्रो स्थान हासिल गरेको दिल्ली क्यापिटल्सबाट नेपाली बलर सन्दीप लामिछानेले यो सिजन झण्डै ५५ लाख रुपैयाँ पाउने भएका छन् । दिल्लीले तेस्रो भएवापत ६ दशलमव ४ करोड भारतीय रुपैयाँमा आइपीएलको नियम अनुसार ५० प्रतिशत रकम खेलाडीलाई दिनुपर्ने हुन्छ ।

त्यस अनुसार दिल्लीले टिममा रहेको २५ खेलाडीलाई बराबर रकम दिँदा एक जनाले १२ लाख ८० हजार भारतीय रुपैयाँ पाउँछन् । त्यसलाई नेपालीमा ढाल्दा साढे २० लाख रुपैयाँ हुन आउछ । त्यसपछि सन्दीपले एक खेलमा स्टाइलिस खेलाडीको उपाधि जितेका थिए । पञ्जाव विरुद्ध तीन विकेट लिएका कारण उनले सो उपाधि जितेका थिए ।

सो उपाधिसँगै उनले एक लाख भारतीय रुपैयाँ हात पारेका थिए । त्यसपछि यो सिजन आइपीएल खेलेवाफत सन्दीपले २० लाख पाउने यसअघि नै पक्का भइसकेको थियो । यसको अर्थ उनले दिल्लीबाट यो सिजनमा झण्डै ५५ लाख रुपैयाँ पाउने भएका हुन् । लगातार दोस्रो सिजन आइपीएल खेलेका सन्दिपले ६ खेलमा ८ विकेट लिएका थिए ।

सुरुवाती दुई खेलमा बेन्चमा बसेको सन्दीपले त्यसपछि लगातार चार खेल खेलको थिए । त्यसअघि अरु दुई खेल खेल्दा अन्तिम चरण र क्वालिफायर्समा उनी बेन्चमा बसेका थिए । आईपीएलपछि सन्दीप यतिबेला नेपालमा रहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.