काठमाडौँ, जेठ १
नेपाल र कम्बोडीयाबीच ब्यापार प्रवर्द्धन गर्नका लागि ९ बुँदे समाझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको औपचारिक भ्रमणका अवसरमा दुई देशबीच उक्त द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर भएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र कम्बोडियाका उद्योगमन्त्री सुय सेमले व्यापार तथा लगानी ढाँचासम्बन्धी सहमतिमा हस्ताक्षर गरे ।
त्यसैगरी नेपाल चेम्बर अफ कमर्श र कम्बोडिया चेम्बर अफ कमर्शबीच पनि समझदारीपत्रमा हस्ताक्षर भयो । दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा पिस प्यालेसमा भएको समझदारीपत्रमा नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ र कम्बोडिया चेम्बरका उपाध्यक्ष लिम गङले हस्ताक्षर गरेका छन् । दुई देशको प्रचलित कानुन र नियमको ढाँचाभित्र बहुपक्षीय व्यापार सम्बन्धको थप विस्तारको दायरामा प्रशंसा गर्दै सामान्य, व्यापार र वाणिज्य विकासको लागि दुवैको व्यापरिक समुदायबीच राम्रो सहयोग र समन्वय होस भन्ने उदेश्यले सो सम्झैता गरिएको हो ।
सम्झैता पत्रमा दुई देशबीच आपसी सम्बन्ध सुमधुर पार्नै, व्यापारिक विकास गर्ने , वैदेशिक सम्बन्ध, लगानी, पर्यटन र व्यापारिक प्रदर्शन गर्ने जस्ता कुराहरु उल्लेख गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली दुई दिनको औपचारिक भ्रमणका लागि सोमबार कम्बोडिया पुगेका हुन । प्रधानमन्त्री ओलीलाई नोन पेन्ह अन्तर्रा्ष्ट्रिय विमानस्थलमा वातावरण तथा सवारीमन्त्री से अल र वैदेशिक मामिला तथा अन्तर्रा््िष्ट्रय सहयोग मन्त्रालयका सेक्रेटरी अफ स्टेट इट सोफियाले स्वागत गरेका थिए ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली र उनका कम्बोेडियाली समकक्षी समबेदक अक्का मोह सेना पाडेइ टेको हुन सेनबीच राजधानी नोम पेन्हस्थित पिस प्यालेसमा भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीलाई कम्बोडियाली प्रधानमन्त्री हुन सेनले पिस प्यालेसमा स्वागत गरेका थिए । प्रधानमन्त्री ओली कम्बोडियाका समकक्षी हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कम्बोडियाको भ्रमणमा छन् ।