चोरीमा संलग्न भएको आरोपमा पाकिस्तानी दम्पत्ति काठमाडौंबाट पक्राउ

चोरीमा संलग्न भएको आरोपमा पाकिस्तानी दम्पत्ति काठमाडौंबाट पक्राउ

महानगरीय अपराध अनुसन्धान महाशाखाले चोरीमा संलग्न भएको आरोपमा पाकिस्तानी दम्पत्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राहदानी नं. क्यू डब्लू ४१०२६४३ वाहतक मोसिन खान र एइ ०११०९४३ वाहक पूजा मोसिन खान छन् । महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार २९ वैशाखमा भक्तपुरको सूर्य्विनायकमा उनीहरुले आफूसँग यू एस डलर भएको बताउँदै चोरी गरेका थिए । ‘डलरको बहाना गरेर नेपालको सबैभन्दा ठूलो नोट हेरौं भन्दै उनीहरुले एक हजार दरको नोटको विटो देखाउन लगाएर ३० हजार रुपैयाँ चोरी गरेको उजुरी परेको थियो’, उनी भन्छन् । पाकिस्तानी दम्पत्ति यतिमा मात्र सीमित रहेनन् । सूर्य्विनायकमा चोरी गरेर भागेका उनीहरु लोकन्थली आए । र, उस्तै शैली प्रयोग गरेर हेका किचन स्टोर्सबाट ७० हजार रुपैयाँ चोरी गरे । उनीहरुले रुपन्देही पुगेर पनि राइजिङ स्पोर्टस् ग्यालीबाट पनि १ लाख ५० हजार रुपैयाँ चोरीको प्रयास गरेको एसएसपी थापा बताउँछन् । ‘हामीलाई सूचना प्राप्त हुने वित्तिकै उनीहरुले प्रयोग गरेको बा१९च ७४ नंम्बरको कार सिनामंगलमा बरामद गरिएको थियो’, थापाले भने, ‘रुद्र भ्यू होटलमा कार भेटिएपछि जेकजाँच गर्ने क्रममा दुई जना पक्राउ परेका थिए ।’ उनीहरुको साथबाट ५० दरका १७ र एक सय दरका २१ थान यूएस डलर, पाकिस्तानी मुद्रा ८ सय र नेपाली रुपैयाँ एक लाख ३७ हजार ५ सय बरामद भएको थियो । अध्यागमन विभागको रेकर्ड अनुसार उनीहरु एक महिनाअघि मात्रै पर्यटक भिसामा नेपाल प्रवेश गरेका थिए । थप अनुसन्धान महानगरीय प्रहरी वृत्त, ठिमीले गरिरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.