राष्ट्रपतिद्वारा शुभकामना व्यक्त

३ जेठ ७६, शनिबार

राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक समृद्धि, सामाजिक विकास एवं सुशासन प्राप्तिको राष्ट्रिय लक्ष्य हासिल गर्न देशमा दिगो शान्ति र सुदृढ एकता प्रमुख शर्त भएको बताएकी छन् । २५६३औँ बुद्ध जयन्तीका अवसरमा उनले दिएको शुभकामनामा यस्तो व्यक्त गरिएको हो ।
विश्वभर छरिएर रहेका बौद्धमार्गी एवम् शान्ति र अहिंसाप्रेमी सबै समुदायमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले बुद्ध जयन्तीका अवसरमा ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्प साकार पार्न सबैसँग हार्दिक आह्वान पनि गरेकी छन् । शुभकामनामा भनिएको छ, ‘‘शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्वास मैले लिएको छु ।’’
राष्ट्रपतिले पवित्रभूमि नेपालको लुम्बिनीमा जन्मेका राष्ट्रका गौरव एवं शान्तिका अग्रदूत गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको संयोग परेको यस दिनले सबैमा आपसी सहिष्णुता, सद्भाव, अहिंसा एवं विश्व शान्तिको अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना गरेकी छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top