भारतले सडक बनाउँदा महाकाली नदी थुनियो, नेपालमा क्षति

काठमाडौं, जेठ ५
दार्चुलाको उत्तरी ब्याँस गाउँपालिकाको सीमाक्षेत्रमा भारतीय पक्षले निर्माण गरिरहेको सडकले क्षति पुगेको छ । भारतीय पक्षले आफ्नोतर्फ महाकाली नदी किनारैकिनार सडक निर्माण गर्दा नेपालतर्फको बाटोमा क्षति पुगेको हो ।

सडक निर्माणमा भारतीय पक्षले जिलेटिन प्रयोग गरिरहेको छ । विस्फोटले ठूल्ठूला ढुंगा महाकाली नदीमा खसेर नदीको बहावसमेत रोकिएको छ । विस्फोटका कारण महाकाली नदीमा खसेका ठूल्ठूला ढुंगाले घाटिबगड क्षेत्रमा कृत्रिम ताल बनेको व्याँस गाउँपालिका–१ का दानसिंह तिंकरीले बताए । तिंकरीका अनुसार व्याँस गाउँपालिका–२, तम्बाकुदेखि माथि बुँदीसम्मको पैदलमार्ग ठाउँ–ठाउँमा क्षतिग्रस्त भएको छ ।

विस्फोट गराएर पहाड फुटाउँदा खसेको ढुंगामाटोले करिब १० किलोमिटर क्षेत्रको ठाउँठाउँमा महाकाली नदीको बहाव अवरुद्ध भई नेपालतर्फको बाटोमा क्षति पुगेको व्याँस गाउँपालिका–१ का वडाअध्यक्ष अशोकसिंह बोहोराले बताएको खबर नागरिक दैनिकमा छ । व्यास गाउँपालिकाले गत वर्ष र चालु वर्षमा मर्मत गरेको व्याँस जोड्ने पैदलमार्गमा क्षति पुगेको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर २ का वडाअध्यक्ष धीरनसिंह बुढाथोकीले बताए । गाउँपालिकाले मर्मत गरेको पैदलमार्गअन्तर्गत घाटिबगड क्षेत्र डुबानमा परेको छ ।

उनले भने, ‘त्यसक्षेत्रमा यतिबेला आवतजावत बन्द भएको छ।’ नेपालतर्फको क्षतिग्रस्त सडक मर्मतमा भारतीय पक्षले आनाकानी गरेको छ । डेढ महिनाअघि पिथौरागढमा सम्पन्न सीमा बैठकमा दुई देशका अधिकारीबीच स्थलगत निरीक्षण गरी आपसी समन्वयमा पैदलमार्ग तत्काल मर्मत गर्ने सहमति भएको थियो । चैत १७ गते भएको सीमा बैठक छलफल र सहमतिअनुसार भारतीय पक्षले क्षतिग्रस्त बाटो मर्मत गर्न पहल गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताए । ‘हामीले भारतीय पक्षलाई यसबारे निन्तर समन्वय र पत्राचारसमेत गरेका छौं,’ उनले भने ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top