×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चर्चित बालरोग विशेषज्ञ बिमल अग्रवालको निधन , कयौं भए बेरोजगार

८ जेष्ठ २०७६

विराटनगर : विराटनगरका बरिष्ठ बालरोग विशेषज्ञ डा. विमल अग्रवालको मंगलबार राति निधन भएको छ ।

केही दिनअघि सामान्य समस्या भएर विराटनगरको नोबेल अस्पतालमा भर्ना भएका अग्रवालको मंगलबार राति करिब साढे १० बजे निधन भएको हो ।

Advertisement
Advertisement

६ वर्षदेखि विराटनगरको कोसी अञ्चल अस्पतालमा कार्यरत ४० वर्षीय अग्रवाललाई स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि आफै गाडी चलाएर नोबेल अस्पताल पुगेका थिए । पछि उनलाई हृदयघात भएपछि उनको अवस्था नाजुक बन्दै गएको थियो ।

अग्रवालका सहपाठी विकास वेगवानीले आजको न्युजसँग कुरा गर्दै नोबेल अस्पतालका चिकित्सकले करिब १० बजेर ३० मिनेटमा मृत घोषित गरेको जानकारी दिए ।

अग्रवालको उपचारका क्रममा ईसीजी गर्दा केही असहज देखिएपछि इको गरिएको थियो । इकोका क्रममा मुटुको धमनी अवरुद्ध रहेको देखिएपछि एन्जियोग्राफी गर्न नोबेल लैजाने भनेर डा. अग्रवालले अस्पतालबाट बिदा स्वीकृत गराएका थिए ।

उपचारका क्रममा एक हप्ताअघि अवस्था गम्भीर बनेपछि डा. अग्रवालका विषयमा भारतको मेदान्त अस्पताल र काठमाडौंका वरिष्ठ चिकित्सकसँग पनि थप उपचारका लागि सल्लाह गरिएको थियो । तर अन्य अस्पताल लैजान सम्भव नभएपछि नोबेल अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

नोबेल अस्पतालका चिकित्सकले डा. अग्रवालको ब्रेेेन डेड भइसकेको बताएका थिए । विराटनगरको जहदा रोडमा घर भएका अग्रवालका श्रीमती र एक छोरी छन् ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top