मिक्लाजुङ हत्याकाण्डः ‘पत्याउनै गाह्रो, सपनाजस्तो’

Share this
698shares

मिक्लाजुङ गाउँपालिका–३ स्थित आरुबोटे बजार र आसपास क्षेत्रका बासिन्दाको अनुहार बुधबार दिनभरि मलिन देखियो । गाउँलेमा कुनै उत्साह देखिएन। दुई परिवारका नौजनाको सोमबार राति घरमै भएको हत्याबारे अनेक अडकलबाजी लगाइरहेका उनीहरू त्रसित र हतास देखिन्थे। उनीहरूलाई नौजनाको हत्या सपनाजस्तो लागेको छ । ‘गाउँमा त शान्ति थियो। अलिअलि झैझगडाबाहेक थिएन । त्यसै मान्छे तराई झ¥या हैन रहेछन्’ जस्ता टिप्पणी स्थानीयले गरेको सुनियो ।

Advertisement

 

 

Advertisement

दुई घरमा रगतका टाटैटाटा थिए । सामान्य आर्थिक अवस्थाका दुई परिवारले घरमा बर्खालाई दाउरा र खाद्यान्नको जोहो गरेको देखियो । दुवै घरलाई प्रहरीले घेरेका थिए। गोठमा बस्तुभाउ कराइरहेका थिए। आफन्त अनेक बिलौना गरेर रुँदा गाउँले निशब्द बने ।

‘सपनाजस्तो लागेको छ। काममा फर्किन मनै छैन। खान, काम गर्न, सुत्न मन लागेको छैन। एकतमासको भइएको छ’, स्थानीय व्यवसायी कुमारी माङलाकले भनिन्, ‘यहाँभन्दा भयावह अवस्था के हुन सक्छ र ?’

Advertisement

गाउँमा सुरक्षाकर्मी बाक्लै परिचालित भए पनि मनबाट भय हट्न नसकेको स्थानीयको भनाइ छ। आँखामा मारिएकाको अनुहारमात्र नाचिरहेको स्थानीय जनप्रतिनिधि डुजन फियाकले बताए। मारिएका नौजनामध्ये चार १५ वर्षमुनिका छन् । ‘चपिङबोर्डमा प्याज काटेझै हत्या गरेको देखियो। शरीरका विभिन्न भागमा खुकुरी र छुरी प्रहार भएको देखिन्थ्यो’, अर्का स्थानीय पहलमान फियाकले भने, ‘यो घटनालाई विभिन्न कोणबाट अनुुसन्धान गरिनुपर्छ। यस्तो विरक्तलाग्दो घटना मैले देखेको थिइनँ ।’ यो समाचार आजको नागरिक दैनिकमा गिरिराज बाँस्कोटाले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top