न्युजिल्यान्ड १० विकेटले विजयी !

एजेन्सी – न्युजिल्यान्डले एकदिवसिय विश्वकप क्रिकेटमा सानदार सुरुवात गरेको छ । शनिवार साँझ सम्पन्न खेलमा न्युजिल्यान्डले श्रीलंकालाई १० विकेटले पराजित गरेको हो ।

Advertisement

श्रीलंकाले प्रस्तुत गरेको १ सय ३७ रनको सामान्य लक्ष्य पछ्याएको न्युजिल्यान्डले १६.१ ओभरमा कुनै विकेट नगुमाई सहजै पुरा गर्यो । उसका लागि ओपनर मार्टिन गुप्टिल ७३ र कोलिन मुनरो ५८ रनमा अविजित रहदै सानदार जित पक्का गरे ।

टस जितेर न्युजिल्यान्डले श्रीलंकालाई पहिला ब्याटिङको निम्तो दिएको थियो। पहिला ब्याटिङ गरेको श्रीलंकाले २९.२ ओभर खेल्दै १३६ रन जोड्न सक्यो। न्युजिल्यान्डका लागि मार्टिन गप्टिलले ५१ बलमा ७३ रन बनाए भने कालिन मुनरोले ४६ बलमा ५८ रनको योगदान दिए। श्रीलंकाका लागि सर्वाधिक कप्तान दिमुथ करुणारत्नेले ५२ रनको योजदान दिए। त्यस्तै, उसका लागि कुसाल परेराले २९ रन जोड्दा थिसरा पेरेरलाले २७ रन जोडे भने अरु खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। न्युजिल्यान्डका लागि मेट हेनरी र लुकी फर्गुसनले समान ३/३ विकेट लिए।

Advertisement

त्यस्तै, उसका लागि सेन्टेनर, नीसम, ग्रान्डोमी, बोल्टले समान १/१ विकेट लिएका थिए। अहिले न्युजिल्यान्डले श्रीलंकाले दिएको चुनौती पछ्याउँदै ब्याटिङ गरिरहेको छ। तेस्रो दिनको दोस्रो खेल अफगानिस्तान र अस्ट्रेलियाबीच जारी छ। अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ। ताजा अवस्थामा २७ ओभर खेल्दै ५ विकेटको क्षतिमा अफगानिस्तानले १०७ रन जोडेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top