अब्बललाई अवसर, कमजोर वञ्चित

११ माघ ७४, बिहीबार
Share this
709shares

राष्ट्रिय परीक्षा बोर्डले परीक्षार्थीको संख्या बढेसँगै मौका परीक्षाको बोझ घटाउन भन्दै कक्षा ११ का करिब डेढ लाख विद्यार्थीलाई मौका परीक्षाबाट वञ्चित गरेको छ ।

Advertisement

बोर्डले कुनै एक विषयमा डी प्लस, डी र ई ग्रेड ल्याउने विद्यार्थीले मात्रै मौका परीक्षा दिन पाउने व्यवस्था गरेपछि अरू वञ्चित भएका हुन् ।

यो व्यवस्थाले ५ विषयमध्ये एकभन्दा बढी विषयमा डी प्लस र कुनै एउटामा डी वा ई ल्याउने विद्यार्थी मौका परीक्षा दिन वञ्चित हुनेछन् ।

Advertisement

तर, चार वटा विषयमा सीभन्दा माथि र एउटामा डी प्लस हुने विद्यार्थीले भने मौका परीक्षा दिन पाउनेछन् ।

यो व्यवस्थाले कमजोर विद्यार्थीलाई मौका परीक्षाबाट वञ्चित गरेको छ । कुनै एउटा विषयमा डी प्लस वा त्यसभन्दा तल्लो ग्रेड ल्याउनेलाई मात्रै अवसर दिँदा ५१ हजार ८ सय २ विद्यार्थीले मात्रै परीक्षा दिन पाउँछन् ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top