कप्तान पारस खड्काको नेतृत्वमा डिभिजन टू खेल्ने टोलीको घोषणा

११ माघ ७४, बिहीबार
Share this
714shares

काठमाडौं, माघ ११
आगामी फेब्रुअरीमा हुने विश्व क्रिकेट लिग डिडिजन टु का लागि नेपाती टोलीको घोषणा गरिएको छ । नामिबियामा हुने उक्त खेलका लागि नेपाली टोलीका कप्तान पारस खड्काको नेतृत्वमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको हो ।
घोषणा गरिएको टिममा युवा क्रिकेटर रोहितकुमार पौडेल र अनिलकुमार साहले समेत राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका छन् ।

Advertisement

यू–१९ का रोहित पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । हालै काठमाडौंमा सम्पन्न एभरेष्ट प्रिमियर लिगमा उनले राम्रो प्रदर्शन गरेका थिए ।

अनिल पनि राष्ट्रिय टोलीमा परेको भने पहिलो पटक हो । यद्यपी विश्व क्रिकेट लिग च्याम्पियनपसिपको अन्तिम खेलमा यूएईविरुद्ध खेल्नु अघि दिपेन्द्र सिंह ऐरी घाइते भएपछि अनिलकुमार साहलाई टिममा बोलाइएको थियो । तर, उनले खेल्ने मौका पाएनन् ।

Advertisement

१४ सदस्यीय नेपाली टिममा ज्ञानेन्द्र मल्ल उपकप्तान, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी र आरिफ शेख छन् ।

यस्तै सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी र दीलिपनाथ र ललित भण्डारी पनि टोलीमा अटाएका छन् । दिलिपनाथ र ललितले यूएईविरुद्ध खेल्ने मौका पाएका थिए ।

Advertisement

सुनिल धमला, ललित नारायण राजवंशी, सिद्धान्त लोहनी र किशोर महतो वैकल्पिक खेलाडीमा परेका छन् । डिभिजन टू अर्काे महिना नामिबियामा हुँदैछ र नेपालले आफ्नो पहिलो खेल फेब्रुअरी ८ मा घरेलु टोलीविरुद्ध खेल्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top