×

NEPAL TIMES UPDATES

Playing
अब सरकारले विद्युतीय चुलोमा अनुदान दिने,एलपी ग्यासमा अनुदान नदिने || Nepal Times
May 17, 2026
Playing
इबोला विश्वकै लागि खतरा, क्यानेडियन नागरिकलाई पनि हान्टाभाइरस पुष्टि || Nepal Times
May 17, 2026
Playing
World News: पाकिस्तान पक्षमा आएको फैसला भारतले नमान्ने, कङ्गोमा इबोला आपतकाल || Nepal Times
May 17, 2026
Playing
ताइवान अब चीनको ? भयो सबैभन्दा ठूलो धोका, ट्रम्पले स्वतन्त्र नमान्ने || Nepal Times
May 17, 2026
Playing
मदनका लागि ओली भावुक, विद्यालाई फेरि देलान् त कुर्सी ? || Nepal Times
May 17, 2026
Playing
उद्योगीलाई थु न्नु भन्दा पहिला सुन्ने हो कि ? || Nepal Times
May 17, 2026
Playing
दिपक भट्टको हिरासत लम्बिदा, सम्पत्ति शुद्धीकरणको दफा १६ को चर्चा || Nepal Times
May 17, 2026
Playing
Top 15 Afternoon News || May-17-2026 || Nepal Times
May 17, 2026
Playing
के फेरि मन्त्री बन्दैछन् महावीर पुन ? || Nepal Times
May 17, 2026
Playing
भारतले सिन्धु जल सम्झौता तोड्न नपाउने, Pakistanको पक्षमा फैसला || Nepal Times
May 17, 2026

चिज बनाउन दूधको अभाव

धनकुटा, माघ ११
जिल्लाका पकेट क्षेत्रमा खोलिएका उद्योगमा दूध अभावका कारण चिज उत्पादनमा समस्या भएको छ । ढुवानीसँगै दूधमा हुने मिसावटका कारण शुद्ध गाईको दूध अभावमा छथर जोरपाटीस्थित कामधेनु दुग्ध विकास सहकारी संस्थामा चिज उत्पादनमा समस्या भएको छ ।

जिल्लाका विभिन्न २३ व्यावसायिक गाईपालन केन्द्र र घर घरमा पालेका गाईभैँसीबाट मासिक एक लाख लिटरभन्दा बढी दूध उत्पादन हुने सहकारी संस्थाको अनुमान छ । कूल उत्पादनको ४० प्रतिशत दूध जिल्लामा खपत भए पनि बाँकी ६० प्रतिशत दूध बाहिरी जिल्ला निकासी हुने गरेको पशु विकास कार्यालय धनकुटाले जनाएको छ ।

Advertisement
Advertisement

चिज उत्पादनका लागि अवाश्यक शुद्ध गाईको दूध अभावमा दैनिक एक हजार ६०० लिटरबाट मात्र चिज उत्पादन हुने संस्थाका प्रमुख योगेन्द्रबहादुर भट्टराईले बताउनुभयो । एक सय ८० किलोभन्दा बढी चिज बनाउने क्षमता भएको उद्योगमा गाईको दूध अभाव भए पनि हाल ११५ किलो चिज उत्पादन हुने गरेको भट्टराई बताउछन् ।

दुई वर्षअघि ३० लाखको लागतमा सञ्चालन भएको महालक्ष्मी नगरपालिकाको चित्रेमा रहेको महालक्ष्मी डेरी उद्योगमा गाईको शुद्ध दूधको अभावका कारण चिज उत्पादनमा समस्या भएको उद्योगी रामबहादुर पौडेलले बताए ।

चिज उद्योगले शुद्ध गाईको दूध नपाउँदा कम गुणस्तरको चिज उत्पादनमा हुने भएका कारण उत्पादन क्षमता भएर पनि कम उत्पादनमा नै चित्त बुझाउनुपरेको पौडेल बताउछन् ।

घर घरबाट दूध ढुवानी गर्न नसकेका कारण मिसावटका कारण संकलित दूधबाट चिज बनाउन नसकेपछि छुर्पी बनाएर बेच्नुपर्ने बाध्यता बनेको पौडेलको भनाइ छ । किसानको घरसम्म ढुवानी खर्च प्रतिलिटर तीनभन्दा बढी हुने भएकाले समस्या बनेको छ । दूध संकलन केन्द्रमा शुद्ध दूध नपाउँदा चिज उत्पादनमा समस्या भएको हो ।

उद्योगका लागि दैनिक चाहिने दुई हजार ५०० लिटर शुद्ध दूध संकलन गर्न चुनौती व्यहोर्नु परेको छ । स्थानीय बजारमा प्रतिलिटर रु ६० मा पर्ने दूधको मूल्य किसानले रु ३२ देखि रु ३५ पाउने गरेका छन् । चिज उत्पादनमा कम चिल्लो पदार्थ भएको दूधमात्र उपयुक्त मानिने जिल्ला पशु कार्यालयका निमिक्त प्रमुख झवीन्द्र मरासिनीले बताए ।

मरासिनीका अनुसार गाईको शुद्ध दूधमा ३.५ देखि ४ प्रतिशतसम्म चिल्लो पदार्थ चिजका लागि उपयुक्त मानिन्छ । भँैसीको दूधमा सातदेखि आठ प्रतिशतसम्म चिल्लो पदार्थ हुने भएकाले कम गुणस्तरको मानिने मरासिनीको भनाइ छ । गुणस्तरीय चिज उत्पादन गर्न सामान्यतः एक महिनादेखि ४५ दिनसम्म लाग्छ । ढुवानी अभावमा किसानको घरबाट दूध ल्याउन नसकेपछि दर्जनौँ संकलन केन्द्रबाट दूध ल्याउनुपरेका कारण शुद्ध दूध पाउन निकै समस्या भएको उद्योगी बताउँछन् ।

Advertisement
Advertisement

जिल्लाका दुग्धजन्य उद्योगबाट १३ मेट्रिक टन चिज, १६ मेट्रिक टन छुर्पी, १२ मेट्रिक टन घ्यू र २० मेट्रिक टन पनिर गरी रु दुई करोड ८९ लाख बराबरको दुग्धजन्य परिकार निकासी हुने गरेको कार्यालयको तथ्यांक छ ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top