×

NEPAL TIMES UPDATES

Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026

शान्ति प्रक्रियाको मुद्धा उचालेर सरकारको समिकरण बदल्ने खेल : देव गुरुङ

१ असार २०७६

१ असार, काठमाडौं ।

सत्तारुढ दल नेकपाका प्रमुख सचेतक देव प्रसाद गुरुङले शान्ति प्रक्रियाको मुद्धा उचालेर सरकारको समिकरण बदल्ने खेल भईरहेको बताएका छन् ।

Advertisement
Advertisement

विभिन्न विधेयकलाई लिएर सदन र सडकमा सरकारको विरोध भईरहेका बेला सत्तारुढ दलका प्रमुख सचेतक गुरुङले सरकारको समिकरण फेरबदलको खेल भईरहेको खुलासा गरेका हुन् । प्रतिनिधिसभाको आईतबारको बैठकमा बोल्दै उनले नेताहरुको कमिकमजोरीबाट बाह्य शक्तिहरुले नाजायज फाईदा उठाईरहेको र तीनै शक्ति केन्द्रसंगको मिलेमतोमा सरकारको समिकरण फेरबदलको तयारी भईरहेको दाबी गरेका हुन ।

उनले भने, “विदेशीले शान्ति प्रक्रियालाई अवरोध गर्ने प्रक्रियामा लागिराखेको छ । यहाका कतिपय दलका नेताहरु यही मुद्धालाई लिएर समिकरणमा खेल्न सकिन्छ कि भनेर, सरकार फेर्न सकिन्छ कि भन्ने संकिर्ण सोचबाट पनि हेरिरहेका छन् । कतिपयले यही मुद्धालाई उठाएर पेलेको पेलेइ गरेर आफु सधै सत्तारुढ बन्न पाईन्छ भन्ने प्रकारको सोचले पनि काम गरिरहेका छन् । कतिपयले यही मुद्धालाई केन्द्रविन्दु बनाएर समिकरण फेर्ने, टुटाउने फुटाउने ढंगले जान सकिन्छ भन्ने संकिर्ण सोचले पनि काम गरिराखेको छ भन्ने लाग्छ । ”

नेताहरुको कमजोरीबाट नाजायज फाईदा उठाएर फेरी नेपालमा विदेशी सेना भित्र्याउने चलखेल भईरहेको पनि उनले उल्लेख गरे । नेपाललाई विदेशी सेनाको क्रिडास्थल बनाउने र छिमेकी राष्ट्रको रुपमा प्रयोग गर्ने दिशामा मुलुक अघि बढेको भन्दै उनले चिन्ता व्यक्त गरे । नेपालको सार्वभौमसत्ता र अस्मिता रहन्छ कि रहदैन भन्ने स्थितिमा मुलुक पुगेको दाबी उनले गरे ।

उनले भने, “नेपाल अव विदेशी सेनाको अखडा स्थल बन्यो भनेर अफगानिस्थान जस्तो मात्रै हुनेवाला छैन । दक्षिण कोरिया मात्रै हुनेवाला छैन । दुईवटा छिमेकी राष्ट्रको वीचमा विदेशी सेनाको अखडा बन्यो भने नेपालको भूगोल रहन्छ कि रहदैन ? त्यो दिशा तर्फ जादै छ । ”

पश्चिमा शक्तिले फेरी पनि शान्ति प्रक्रियासंग जोडिएको मुद्धालाई हतियारको रुपमा प्रयोग गर्न खोजिरहेको भन्दै उनले समयमै शान्ति प्रक्रियाका बाँकी विषय टुंगोमा पुर्याउन सरकारको ध्यानाकर्षण गराए ।

शान्ति प्रक्रियाका बाँकी मुद्धा सम्बोधन नभएको भन्दै उनले त्यस तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उनले पश्चिमा शक्तिकेन्द्रहरु नेपालमा शान्ति कायम हुन नदिने जसरी पनि द्धन्द्ध मच्चाउने र द्धन्द्धका मुद्धा समाधान हुन नदिने षडयन्त्रमा लागेको दाबी गरे । नेपालमा फेरी पनि द्धन्द्ध निम्त्याएर विदेशी सेना नेपालमा भित्र्याउने छिमेकी राष्ट्रविरुद्ध प्रयोग गर्ने षडयन्त्रमा विदेशी शक्ति लागेको उनको तर्क थियो । यही उद्देश्य पुरा गर्नका लागि द्धन्द्धकालिन समयका मुद्धालाई अड्काउने काम भएको दाबी उनले गरे ।

विगतमा मुद्धा लगाईएका कयौंलाई वारेन्ट काट्दै पक्राउ गर्ने काम तिब्र हुदै गएको भन्दै उनले नेपालको राजनीतिक कोर्षबारे चिन्ताको विषय बनेको बताए ।

हालै संयुक्तराष्ट्रसंघ समेतको संलग्नतामा पश्चिमा शक्ति केन्द्रहरुले संयुक्त वक्तव्य निकालेर शान्ति प्रक्रियालाई अवरोध पुर्याउने काम गरेको बताए । संयुक्तराष्ट्रसंघ नेपाल पक्षधर हुँदा हँुदै कुटनीतिक मर्यादा उलंघन गरेर नौवटा मुलुकसंग मिलेर संयुक्त वक्तव्य निकालेर शान्ति प्रक्रियालाई अवरोध खडा गरेको दाबी उनले गरे ।

Advertisement

उनले भने, “यो मुद्धालाई यथावत राखिराख्ने हो भने हेरिराख्नुहोला, यही मुद्धामा टेकेर विदेशी सेना आउनेवाला छ । ”
मन्त्रालयगत विनियोजित बजेटमाथिको छलफलमा सहभागी हँुदै उनले एकाधिकार दलाल पूँजीवाद भुमिव्यवस्थापनको मुख्य चुनौति रहेको बताए । बहुराष्ट्रिय कम्पनीले बैकसंग ऋण लिने र घरजग्गाको कारोबार गर्ने र सो कारोबार मार्फत ठुलो परिमाणमा जमिन एकाधिकार दलाल पूँजीवादको कब्जामा जाने गरेको भन्दै उनले त्यसैमा केन्द्री भएर भुमिसुधार मन्त्रालयले योजना बनाउनुपर्नेमा जोड दिए ।

भर्खरको समाचार

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

Scroll to Top