विश्वकप क्रिकेटमा पाकिस्तानबिरुद्ध रोहित शर्माको शानदार शतक

विश्वकप क्रिकेटमा पाकिस्तानबिरुद्ध रोहित शर्माको शानदार शतक

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई ३ सय ३७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

इंग्ल्याण्डको म्यानचेस्टरमा भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ३६ रन बनायो । भारतका लागि ओपनर तथा उप कप्तान रोहित शर्माले १ सय ४० रनको शतकीय इनिङस खेले । उनले पहिलो विकेटका लागि केएल राहुलसंग १ सय ३६ रनको साझेदारी गरे । राहुल ५७ रन बनाएर आउट भए ।

कप्तान बिराट कोहलीले ७७ रन बनाए । उनले ६५ बलमा ७ चौकाको मद्दतले भारतीय ईनिङ्स उकाशेका थिए । हार्दिक पाण्ड्या २६, महेन्द्र सिंह धोनी १ रन बनाएर आउट भए । विजय शंकर १५ र केदार जादव ९ रनमा नटआउट रहे । पाकिस्तानका मोहम्द आमिरले ३ विकेट हात पारे । १० ओभर बलिङ गरेका उनले १ मेडनसहित ३ विकेट लिन ४७ रन खर्चिए ।

यस्तै हसन अलि र वहाव रियाजले समान १,१ विकेट हात पारे । भारतले ३ खेलमा २ जित र एक खेलमा अंक बाड्दै ५ अंक जोडेको छ । पाकिस्तान ४ खेलमा १ जित, २ हार र १ बराबरी सहित ३ अंक बटुलेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.