५ असार, काठमाडौं । केबल तथा डिजिटल टिभी सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट (प्रा.) लि ले सुबिसुको भयंकर अफर लक्कि ड्रको बम्पर बिजेता घोषणा गरेको छ ।
कम्पनीले लक्कि ड्र मार्फत भद्रपुरकी हेमन्ति शाहलाई ४० ईन्चको स्मार्ट टिभी प्रदान गरेकोछ । यस्तै कम्पनीले १ सय ४० जनालाई तीन महिनामा निःशुल्क इन्टरनेट तथा केबल सेवा प्रदान गरेको छ । कम्पनीले १४ औं हफ्तासम्म गरेको लक्कि ड्रमा आफ्ना सक्रिय ग्रहाकहरु मध्ये १४० जना भाग्यशाली ग्रहाकहरुले क्लियर टि. भि तथा इन्टरनेट सेवामा ३ महिनाको निःशुल्क सेवा प्राप्त गरेको जनाएको छ । सुबिसु केबलनेट (प्रा.) लि.ले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस , व्यान एथर्नेट , होलसेल आइ.पिट्रान्जिट ,एम.भि.पि ,डाटा सेन्टर सोलुसन जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदानगर्दै आएको छ ।
यस्तै क्लियर टिभी भने सुबिसु केबलनेट प्रा. लि., केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनीको उत्पादन हो । यो नेपालको पहिलो डिजिटल केबल टिभी सेवा हो, जसले एम।पी।जी४ स्ट्याण्डर्ड डेफिनेस र हाई डेफिनेसन च्यानलस केबल मार्फत, कन्डिस्नल एक्सीस सिस्टम को प्रयोग गरि सेट टप बक्सको माध्यमबाट प्रसारण गर्दे आएको छ ।









