×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

इटहरी उपमहानगर प्रमुख चौधरीबारे नेकपाले छानबिन गर्ने

८ असार,इटहरी ।
सार्वजनिक रूपमै निरन्तर अमर्यादित भाषा प्रयोग गरी विवादमा आएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको विषयमा उनको पार्टी नेपाल कम्युनिष्ट पार्टी(नेकपा)भित्र छलफल हुने भएको छ ।

आइतबार बस्ने बैठकमा यो विषयमा छलफल हुने नेकपा सुनसरी अध्यक्ष योगेन्द्र मण्डल ‘पप्पु’ले जानकारी दिए । पत्रकारलाई धम्की दिएको र महिलाहरूको चरित्र हत्या गर्ने खालका शब्द प्रयोग गरेकाले उनीमाथि नेकपाले छानबिन समेत गर्ने भएको हो । यसबारे पनि बैठकमा छलफल हुने सुनसरी नेकपा जिल्ला अध्यक्ष मण्डलले जानकारी दिए। प्रदेश कमिटीका केही पदाधिकारी समेत सहभागी हुने जिल्ला बैठकमा चौधरीका पछिल्ला गतिबिधिबारे पहिलो पटक छलफल हुन लागेको हो ।

Advertisement
Advertisement

तल्लो तहमा पार्टी एकीकरणका लागि बस्न लागेको बैठकमा चौधरीको आपत्तिजनक भनाइलाइ लिएर कसरी अघि बढ्ने भन्ने विषयमा गम्भीर छलफल हुने बताइएको छ। प्रदेश कमिटी सदस्यसमेत रहेका चौधरीको बोली अशोभनीय र पार्टी हितविपरीत रहेको प्रदेश कमिटीलाई जानकारी गराएको जिल्ला अध्यक्ष मण्डलले बताए ।

Advertisement

यसअघि नेकपा प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले उपमहाननगर प्रमुख चौधरीलाई पुनः त्यस्तै व्यवहार नगर्न निर्देशन दिएको बताए ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top