एजेन्सी, असार ९
भारत राजस्थानको बाडमेरमा धार्मिक कार्यक्रम चलिरहँदा आएको आँधीका कारण १४ जनाको ज्यान गएको छ । ५० भन्दा धेरै घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भिर भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
धार्मिक कार्यक्रम चलिरहेका बेला आँधीले त्रिपाल उडाउँदा र त्रिपाल गाड्न प्रयोग भएको खम्बाले लाग्दा उनीहरुको ज्यान गएको भारतीय अधिकारीले बताएका छन् । राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ क्षतिपुर्ति दिने घोषणा गरेका छन् ।
