कोपा अमेरिका : ब्राजिल-अर्जेन्टिनाको सेमिफाइनलमै भेट !

कोपा अमेरिका : ब्राजिल-अर्जेन्टिनाको सेमिफाइनलमै भेट !

एजेन्सी, असार ११
जारी कोपा अमेरिका २०१९ अन्तर्गत उपाधिका दुई प्रमुख दावेदार टोली ब्राजिल र अर्जेन्टिनाको फाइनल अगावै भेट हुने भएको छ । मंगलबार सम्पन्न समूह चरणका खेलपछि निस्केको समीकरण अनुसार दुवै टोली सेमिफाइनलमा भिड्ने भएका हुन् ।

ब्राजिलले क्वाटरफाइनलमा पाराग्वेसँग खेल्दैछ भने अर्जेन्टिनाले भेनेजुएलाको सामना गर्दैछ । दुवै टोलीले जित दर्ता गरेमा फाइनल प्रवेशका निम्ति आमनेसामने हुनेछन् ।

क्वाटरफाइनलका खेलहरु :
क्वाटरफाइनल १ – ब्राजिल विरुद्ध पाराग्वे
क्वाटरफाइनल २ – कोलोम्बिया विरुद्ध चिली
क्वाटरफाइनल ३ – भेनेजुएला विरुद्ध अर्जेन्टिना
क्वाटरफाइनल ४ – उरुग्वे विरुद्ध पेरु

सेमिफाइनलका खेलहरु :
ब्राजिल ÷पाराग्वे विरुद्ध भेनेजुएला÷अर्जेन्टिना
कोलोम्बिया ÷चिली विरुद्ध उरुग्वे ÷पेरु

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.