साहिदको सय करोड कमाउने पहिलो चलचित्र बन्यो ‘कबिर सिंह’

साहिदको सय करोड कमाउने पहिलो चलचित्र बन्यो ‘कबिर सिंह’

एजेन्सी,असार ११
अभिनेता साहिद कपुर अभिनित ‘कबिर सिंह’ले पाँचौ दिनसम्म आइपुग्दा सय करोड कमाई गर्न सफल भएको छ । यो सँगै साहिदको सय करोड कमाउने पहिलो सोलो चलचित्र बनेको छ ।

‘कबिर सिंह’ले २ सय करोडको व्यापार सजिलै गर्ने अनुमान गरिएको छ । शुक्रबार २०.२१ करोड, शनिबार २२.७१ करोड, आइतबार २७.९१ करोड, सोमबार १७.५४ करोड व्यापार गरेको चलचित्रले मंगलबार १६.५३ करोडको कमाई गर्दै चलचित्रले सय करोड बढी कमाइ गरेको हो ।

यो सँगै २०१९मा सलमानको ‘भारत’ पछी सय करोड कमाउने दोस्रो चलचित्रको रुपमा ‘कबिर सिंह’ले नाम लेखाएको छ । ‘कबिर सिंह’का कारण कपुरको चर्चा निकै माथी पुगेको छ । उनले यो चलचित्रबाट फेरि एक पटक आफुलाई प्रमाणित गरेका छन् ।

यसअघि उनी अभिनित केही चलचित्रले सय करोड कमाए पनि यो चलचित्र साहिदको सय करोड कमाउने पहिलो सोलो चलचित्र हो । चलचित्रलाई सन्दीप रेड्ड्री भाङ्गाले निर्देशन गरेका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.