एजेन्सी,असार ११
अभिनेता साहिद कपुर अभिनित ‘कबिर सिंह’ले पाँचौ दिनसम्म आइपुग्दा सय करोड कमाई गर्न सफल भएको छ । यो सँगै साहिदको सय करोड कमाउने पहिलो सोलो चलचित्र बनेको छ ।
‘कबिर सिंह’ले २ सय करोडको व्यापार सजिलै गर्ने अनुमान गरिएको छ । शुक्रबार २०.२१ करोड, शनिबार २२.७१ करोड, आइतबार २७.९१ करोड, सोमबार १७.५४ करोड व्यापार गरेको चलचित्रले मंगलबार १६.५३ करोडको कमाई गर्दै चलचित्रले सय करोड बढी कमाइ गरेको हो ।
यो सँगै २०१९मा सलमानको ‘भारत’ पछी सय करोड कमाउने दोस्रो चलचित्रको रुपमा ‘कबिर सिंह’ले नाम लेखाएको छ । ‘कबिर सिंह’का कारण कपुरको चर्चा निकै माथी पुगेको छ । उनले यो चलचित्रबाट फेरि एक पटक आफुलाई प्रमाणित गरेका छन् ।
यसअघि उनी अभिनित केही चलचित्रले सय करोड कमाए पनि यो चलचित्र साहिदको सय करोड कमाउने पहिलो सोलो चलचित्र हो । चलचित्रलाई सन्दीप रेड्ड्री भाङ्गाले निर्देशन गरेका हुन् ।









