विश्वकप क्रिकेट : पाकिस्तानविरुद्ध न्युजिल्यान्ड पहिलो ब्याटिङ गर्दै

Share this
679shares

एजेन्सी, असार ११
जारी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत बुधबार न्युजिल्यान्डले पाकिस्तानविरुद्ध टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको छ । पाकिस्तान गर वा मरको अवस्थामा छ । पाकिस्तान आजको खेलमा पराजित भए लिगचरणबाट बाहिरिने लगभग पक्का पक्किनै हुने छ ।

Advertisement

त्यस्तै ६ खेलमा ५ मा जित निकालेको न्युजिल्यान्ड आजको खेलमा विजयी भए दुई खेल अगावै सेमिफाइनलमा प्रवेश गर्ने छ । पाकिस्तान ६ खेलमा २ मा जित र ३ मा हारका साथ सातौं स्थानमा छ ।

यी दुई देशबीच कुल १ सय ६ वान डे खेलमा प्रतिस्पर्धा हँदा पाकिस्तान ५४ खेलमा विजयी र ४८ खेलमा पराजित हुन पुगेको छ । ४ खेलको नतिजा विहिन छ ।

Advertisement

पाकिस्तान टोली :

इमाम उल हक, फकार जमान, बाबर आजम, मोहमद हफिज, सरफराज अहमद (कप्तान), हरिस सोहेल, इमाद वसीम, वाहब रियाज, शादब खान, मोहमद आमीर, शाहिन अफ्रिदि

Advertisement

न्युजिल्यान्ड टोली :

मार्टिन गुप्टिल, कोलिन मुनरो, केन विलियमसन (कप्तान), रस टेलर, टम लेथम, जेम्स निशम, कोलीन डे ग्रान्डहोम, मिचेल सान्टनर, म्याट हेनरी, लोकी फर्गुसन, ट्रेन्ट बोल्ट

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top