विराटनगर : अररिया जिल्लाको सिमावर्ती बजार जोगबनीमा गरिएको हड्तालका कारण सुनसरी मोरङ औद्यागिक करिडोरमा आउने मालबाहक साधन दुई दिनदेखि भारतमै रोकिएका छन् ।
जोगबनी बजारको सडक स्तरोन्नतीको माग गर्दै स्थानीयले मंगलबारदेखि जोगबनीमा हड्ताल गरेका छन् । हड्तालका कारण जोगबनीदेखि १० किलोमिटर दक्षिणसम्म मालबाहक साधन रोकिएका हुन् ।
जोगबनीबासीले यातायात र बजार बन्द गराउँदै मालबाहक गाडी चल्न दिएका छैनन् । बन्दका कारण नेपाल तर्फबाट किनमेलका लागि जाने सर्वसाधारण रित्तो हात फर्किने गरेका छन् ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।